उत्खनन्को काम रोक्न अन्तरिम आदेश

उच्च अदातल तुलसीपुरले तुलसीपुरको पहाडी क्षेत्रमा भइरहेको उत्खनन् रोक्न अन्तरिम आदेश जारी गरेको छ । आइतवार मात्रै तुलसीपुरका  नविन बुढाथोकीले नगर प्रमुख, तुलसीपुर उपमहानगरपालिका, पेटीमा उत्खननको काम गर्दै आएका ठेकेदार, सामुदायिक वन, उपभोक्ता समिति लगाएतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
त्यसमाथि आज सोमवार सुनुवाई गर्दै उच्च अदालतका माननिय न्यायाधिस शालिग्राम कोईरालाको एकल ईजलासले पुस २१ गते सम्मको लागि उत्खनन्को काम रोक्न अन्तरिम आदेश जारी गरेको अधिवक्ता प्रविण लम्सालले जानकारी दिनुभयो ।
आज सोमवार उक्त विषयमा झन्डै एक दर्जन बढी अधिवक्ताहरुले बहस गरेका थिए । अब पुस २१ गते उक्त विषयमा उच्च अदालतको डिभिजन बेञ्चमा छलफल हुने छ । निवेदक बुढाथोकीले पुस १३ गते तुलसीपुर नगर प्रमुख, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय समेतलाई विपक्षी बनाउँदै परमादेश उत्प्रेरण निषेधज्ञाको माग गर्दै मुद्दा दर्ता गराएका थिए ।
अब २१ गते पछि मात्रै उत्खनन्को विषयमा के हुने भन्ने टुङ्गो लाग्ने भएको छ ।

प्रतिकृया दिनुहोस