मा.वि. प्रतापकोटमा वि.व्य.स र शि.अ.संघको नँया कार्यसमिति सर्वसम्मत चयन

तुलसीपुर ३ को माध्यमिक विद्यालय प्रतापकोटमा वि.व्य.स र शि.अ.संघको नया कार्यसमिति चयन गरिएको छ । पौष १० गते बिहिबार बसेको अभिभावक भेलाले  वि.व्य.स र शि.अ.संघको नया कार्यसमिति चयन गरेको हो ।

विद्यालयका निवर्तमान वि.व्य.स अध्यक्ष लिलामणी बाँठाको अध्यक्षता तथा तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य जित बहादुर घर्तीको प्रमुख आथित्यतामा सम्पन्न अभिभावक भेलाले  लिलामणी बाँठाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको सदस्यहरुमा रेशम आले ,दिलमाया राणा , गिता बुढा , सदस्य सचिवमा प्रधानध्यापक फस्ट बहादुर राना चयन हुनुभएको छ। समितिले चयन हुन बाँकी चार सदस्यमध्ये वडा को तर्फ वाट वडा सदस्य जित बहादुर घर्ती र शिक्षक प्रतिनिधि एक एक जना र वडाका शिक्षाप्रेमी सहित दानवीरबाट दुई सदस्य पछि मनोनित गर्ने भएकोे छ ।

   त्यस्तै डोटी कुमारी घर्तिको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि सर्वसम्मत गठन भएको छ । संघमा दुर्गा पुन ,खिमा ठाडा  ,दिनेश गिरि  ,पूर्ण बहादुर ओली , सावित्रा वि.क लागत चयन हुनुभएको छ भने वि.व्य.स. अध्यक्ष लिलामणी बाँठा र सदस्य सचिव फस्ट बहादुर राना सोतह सदस्य रहने हुदाँ एक जना शिक्षक प्रतिनिधि पछि मानोनित गरिने भएको छ ।

  सो अवसरमा स्वागत मन्तब्य राख्दै विद्यालयकि शिक्षिका निरु न्यौपानेले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सवै अभिभावकले चासो दिनु पर्ने बताउनुभयो । उहाले सवै अभिभावको निरन्तर साथ रहने हो भने गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयले नै उपलब्ध गराउने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति बिष्णु मल्ल र प्रा.वि. राणागाऊका प्र.अ. खकेन्द्र खरेल सहितको उपस्थितिमा वडा नम्बर ३ का वडा सदस्य जित बहादुर घर्तीले नव निर्वाचित कार्यसमितिहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।  शिक्षक नवराज घिमिरेले विषय प्रवेश गरनुभएको कार्यक्रमको सहजीकरण शिक्षक चक्र डि.सि. ले गर्नुभएको हो ।  

प्रतिकृया दिनुहोस