उपनिर्वाचनमा सञ्चार समन्वयका लागि युनियनका अध्यक्ष सुबेदीको संयोकत्वमा समिति गठन

मंसीर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई द्धष्टीगत गर्दै नेपाल प्रेस युनियनको भेला आज शनिबार तुलसीपुरमा सम्पन्न भएको   छ । युनियनको भेलाले दाङ निर्वाचन क्षेत्र नम्वर ३(ख)प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको निर्वाचनमा युनियनको शुभेच्छुक पार्टी नेपाली काग्रेसका उम्मेदवार निकट रहि निर्वाचनमा परिचालन हुने निर्णय गरेको सचिब आर के सीतलले जानकारी दिनुभयो ।
नेपाली काग्रेसले उपनिर्वाचनामा गठन गरेको प्रचार प्रसार समितिसँग सम्वन्य गरि सञ्चारको क्षेत्रबाट प्रभाबकारी भूमिका निर्वाह गर्न युनियनका जिल्ला अध्यक्ष सन्तोष सुबेदीको संयोजकत्वमा सञ्चार समन्वय समिति गठन गरीएको छ । 
जसमा युनियनका पूर्ब अध्यक्ष,सल्लाहकार,पार्षद,जिल्ला कमिटिका सदस्य,साधारण सदस्य,सञ्चार सस्थाका प्रमुख/सम्पादक वा संस्थाले तोकेको फोकल पर्सन सदस्य रहने छन् । उपनिर्वाचनमा प्रदेश नम्वर ३ (ख)मा सञ्चार समन्वयका लागि युनियन दाङका उपाध्यक्ष नारायण खड्कको संयोजकत्वमा उपसमिति गठन गरीएको छ । 
जसमा सुवास डिसी,सर्मीला डिसी,देबीराम कुसारी,बिमल गौतम,चेतन रेग्मी,वालाराम खड्का,लक्ष्मण बस्नेत,खेमराज रिजाल, शिबराज बस्नेत, प्रेम पुन, धुब्रराज न्यौपाने, सन्तोष केसी,प्रकास डाँगी, यमकला भूषाल, उमा भण्डारी,जीतसागर जिएम, रेखा शर्मा, देवा भण्डारी,सञ्चीता देबकोटा, सुशीला घर्ती, अञ्जना चौधरी,निराला गैरे, निता चौधरी,सरीता चौधरी, शरद शर्मा मज्गैया, राजेश खत्री, सनोद थापा,शरद रेग्मी,सन्तोष शर्मा, अनीता पुन,श्रीराम चौधरी,आशिष केसी,नवराज घिमिरे,निराश पाण्डे,जयन्ती चौधरी,पूर्ण केसी मुस्कान हुनुहुन्छ ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्वर १६ मा हुन लागेको उपनिर्वाचनका लागि युनियनका सचिब आर के सीतलको संयोजकत्वमा सञ्चार समन्वय उपसमिति गठन गरीएको छ । 
जसमा देव यादव,सपना बोहरा,अमर क्षितिज भण्डारी,देबेन्द्र बस्नेत, रोषणमान श्रेष्ठ, हेमराज शर्मा,लिलाधर वली,अमरराज आचार्य, सुशीला वली, छवी पुरी, पिताम्वर रिजाल, खड्ग शर्मा, अमिता चौधरी, लक्षिमान चौधरी, बसुन्धरा गौतम, किरणबिक्रम शाह, पार्वती बस्नेत,सवीता चौधरी, जनक ओली, बिष्णुकुमार देबकोटा, शिवराज खनाल, टेकबहादुर पुन, प्रियास्मृति गजमेर, दुखहरण यादव सदस्यमा हुनुहुन्छ ।
युनियनका अध्यक्ष सन्तोष सुबेदीको अध्यक्षता,सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,युनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ र युनियनका सल्लाहकार सुशील बस्नेतको बिशेष उपस्थितीमा सम्पन्न भेलाको सहजिकरण सचिब आर के सीतलले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस