सर्बेक्षणले भन्छ,तुलसीपुरमा शैक्षिक अबस्था कम्जोर छ

तुलसीपुर उपमहानगरपालिका भित्रका बिद्यालयमा शैक्षिक अबस्था अपेक्षाकृत अबस्था नरहेको एक सर्बेक्षणले देखाएको छ ।
तुलसीपुर उपमहानगरपालिकासंगको सहकार्यमा टिचफर नेपालले १ महिना सम्म सामुदायीक तथा निजी विद्यालयमा गरिएको शैक्षिक अबस्थाको सर्वेक्षण अध्ययनले वालवालिकाका शैक्षिक अवस्था सोचेअनुरुप नभएको पाईएको छ । 
आज शुक्रबार तुलसीपुरमा सिकाई सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक कार्यक्रममा टिचफर नेपालका कार्यकारी निर्देशक शिशिर खनालले शिक्षा क्षेत्रमा अझै धेरै लगानि गर्न आवश्यक रहेको वताउनुभयो । 
सामुदायीक तथा निजी विद्यालयका २८ हजार ६६ जना विद्यार्र्थीको सिकाई सर्बेक्षण तथा शैक्षिक गुणस्तरमापनले उपमहानगरपालिका अझै शिक्षामा कमजोर देखिएकोे खनालले जानकारी दिनुभयो । 
कार्यक्रममा तुलसीपुर उपमहाँनगरपालिकाका प्रमुख घनश्याम पाण्डेले १ महिना सम्म गरेको सर्वेक्षणको नतिजा हेर्दा उपमहाँनगरपालिका भित्रको शैक्षिक अवस्था एकदमै कमजोर ( विरामी ) अवस्थामा रहेको वुझिएको वताउनुभयो । 
उहाँले भन्नुभयो,आज उपहाँनगरपालिकाको होलबडिको रिपोर्ट आएको   छ,हामि विरामी अवस्थामा रहेछौं अव सहि तरिकाले उपचार गर्नुपर्छ र त्यसको लागी म प्रतिवद्ध छु । 
अवको ३ वर्षमा शिक्षामा कम्तिमा अहिलेको २ गुणा परिवर्तन गर्ने प्रतिबद्धता जनाउदै बजेटमा पनि बृद्धि गर्ने जानकारी दिनुभयो ।
विद्यालयमा पुगेर सर्वेक्षण गर्दा निजी भन्दा सामुदायीक विद्यालयमा सिकाईको अबस्था र शैक्षिक गुणस्तरमा लापरबार्ही रहेको बताउनुभयो ।
सोचे अनुरुपको शिक्षा छैन यसतर्फ उपमहानगरपालिकाले बिशेष ध्यान दिन जरुरी छ,उहाले भन्नुभयो ।
तुलसिपुर उपमहाँनगर पालिका शिक्षा शाखा प्रमुख देवराज विश्वकर्माको अध्यक्षता एवं उपमहाँनगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत टिचफरका अंकुश उप्रेती र सहजिकरण बिधि योगी राईले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस