तुलसीपुरलाई द्धष्टिबिहीन मैत्री शहर बनाउने प्रस्ताव

नेत्रहिन (सेतो छडी)हरुले तुलसीपुर उपमहानरपालिकालाई द्धष्टिबिहीन मैत्री शहरको प्रस्ताव गरेका छन् । नेपाल नेत्र ज्योति संघको १७ औ साधारण सभामा नेत्रहिन संघ दाङका अध्यक्ष रामबहादुर खड्काले राप्ती आँखा अस्पताल र नेत्रहिन संघको साझेदारीमा द्धष्टिबिहीन मैत्री शहरका बनाउने प्रयत्नमा लागेको जानकारी दिनुभयो । 
सो अवसरमा सहभागि तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले द्धष्टिबिहीन मैत्री शहरका तुलसीपुर शहरका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 
नगरप्रमुख पाण्डेले भन्नुभयो,अव राप्ती आँखा अस्पताललाई आँखा स्वास्थ्य सेवा प्रदायक निकायमात्र नभई अध्ययन अनुसन्धान तर्फ बिकास गर्नुपर्छ । आँखा सम्बन्धि बिशेषज्ञ उत्पादन गर्नका लागि पहल गर्न र आबश्यक परेको रकम उपलब्ध गराउने उहाले प्रतिबद्धता जनाउनुभयो । पाण्डेले भन्नुभयो,अध्ययन र अनुसन्धान सँगसँगै समाजिक उद्यमशीलता बनाउनुपर्ने सुझाब दिनुभयो । सल्यानको त्रिबेणी गाँउपालिकाका अध्यक्ष मान बहादुर डाँगीले नेत्रज्योति संघ अन्तर्गतबाट सञ्चालित आँखा अस्पताल तथा केन्द्रको दिर्घकालीन बिकासका लागि नीतिगत ब्यबस्थाका साथ स्थानीयपालिकाहरुसँग सहकार्य र साझेदारिको रणनीति अपउनाउनु पर्ने सुझाब दिनुभयो । सो अवसरमा नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३(क)का सभापति घनश्याम ढकाल,नेपाल नेत्र ज्योति संघका सल्लाहकार एबम तुलसीपुर नगरपालिकाका पूर्ब मेयर ढुण्डीराज लामिछाने,नेपाल नेत्र ज्योति संघका प्रदेश कोषाध्यक्ष लिला शाह,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,गुरु जजुर उच्च माबिका प्रधानाध्यापक प्रमोद आचार्य लगायतले नेत्र ज्योति संघले २०३५ सालदेखि खेलेको भूमिकाको चर्चामा गर्नुभएको थियो ।
सो अबसरमा राप्ती आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत शम्शेर थापाले नेपालमा द्धष्टिबिहिनाताको प्रमुख समस्याहरु मध्ये अन्धोपन हेरक दिन १ सय २५ जनाले द्धष्टि गुमाई रहेको र त्यस मध्ये ७ वटा वालबिलकाहरु हरु रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रत्येक बर्ष नँया २४ हजार र कुल २ लाख ४६ हजारले द्धष्टिबिहनाताको समस्यामा रहेको अनुमान सहितको  तथ्याक प्रस्तुत गर्नुभएको थियो । 
थापाका अनुसार १५ बर्ष मूनिका ११ लाख बालबालिकाहरुका दृष्टि दोष,१६देखि ३५ बर्ष उमेरका ११ लाख ६४ हजार आँखामा समस्या र ३५ देखि माथि उमेर समूहका ३७ लाख १६ हजार ९ सय ७० जनाले चस्मा लगाउनु परेको छ ।
त्यस्तै ५० बर्ष माथिका ३५ हजार ८सय जनामा न्यून द्धष्टि रहेको उहाले जानकारी दिनुभयो । मधुमेह अर्थात सुगर रोगबाट आँखाको पर्दामा समस्या हुने गरेकोले पटक पटक आखाँ परिक्षण गर्नुपर्ने सुझाब उहाले दिनुभयो ।
साधारण सभा उद्घाटन कार्यक्रममा सचिब सुरेन्द्र खड्काले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 
सो अवसरमा उपाध्यक्ष रेशमबहादुर खड्काले स्वागत मन्तब्य र सहजिकरण सचिब सुरेन्द्र खड्काले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस