कैदीबन्दीको वडाभोजमा नगरप्रमुख र अधिकारकर्मी

कैदीबन्दीले तुलसीपुरमा वडाभोज गरेका छन् । बिजयादशमी २०७६ को अवसरमा कारागार कार्यालय तुलसीपुरको नँया बन्दीगृहका कैदीबन्दीहरुले बडाभोजको आयोजना गरेका हुन् । वडाभोजमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेत,कारागार कार्यालय तुलसीपुरका प्रमुख जोखिम वली र कारागार कार्यालयका कर्मचारी,पत्रकार सुरेश श्रेष्ठ,पीडित सेवा संघका अध्यक्ष टोपबहादुर महतरा,ब्यबसायी सनउल्ला अन्सारी र शसस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत तथा जवानहरुको सहभागिता थियो । कारागारका चौकीदार नरेन्द्र घर्तीको अध्यक्षतामा भएको वडा भोजमा कैदीहरुले पकाएको परिकारहरु खुवाईएको थियो । कैदीबन्दीहरुले आयोजना गरेको वडा भोजको लागि खस्सी निशुल्क रुपमा पीडित सेवा संघका अध्यक्ष टोपबहादुर महतराले उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा नगरप्रमुख पाण्डेले प्रदेश सरकारसँगको जारि रहेको छलफलका बारेमा कैदीबन्दीहरुलाई जानकारी गराउनुहुदै नमुना कारागार बनाउने प्रस्ताव सुनाउनुभयो । उहाले अव कारागारहरु सुधारगृहको रुपमा बिकास गर्नैपर्नेमा जोड दिनुभयो । कारागारमा सीप समेत सिक्ने र अध्ययन गर्न पाउने ब्यबस्था भएकाले सीप सिकेर जीवन जिउन कैदीबन्दीलाई आग्रह गर्नुभयो । मेयर पाण्डेले भन्नुभयो,कैदीबन्दीले उत्पादन गरेको सामाग्रीको बजारिकरण उपमहानगरपालिकाले गर्नेछ । उहाले अव योग प्रणायाम बाट मानसीक तथा बौद्धिक विकास गर्न सकिने भएले यसप्रति ध्यान दिन समेत आग्रह गर्नुभयो ।
कारागार कार्यालय तुलसीपुरका जेलर जोखिम वलीले कानुन विपरित कार्यलाई न्यूनिकरण गर्न समुदायमा सकारात्मक सोचको बिकासमा जोड दिनुपर्ने बिचार राख्नुभयो । आर्थिक बर्षको सुरुवातसंगै चौकिदार र नाईकेको लोकतान्त्रिक पद्धतीबाट चयन गर्ने प्रचलनको बारेमा जानकारी दिनुभयो । कैदीबन्दीहरुले सर्वसम्मत चौकिदार र नाईकेको चयन गर्ने ब्यबस्था छ । यदी सहमति हुन सकेन भने निर्वाचन प्रक्रियामा जाने चलन रहेको र यसअघि कारागार कार्यालय तुलसीपुरमा निर्वाचन भएको समेत स्मरण गराउनुभयो । कैदीबन्दीले चयन गरेका ब्यक्तिको लागि कारागार प्रशासन शाखा र जिल्ला प्रशासन कार्यालयले बिभागमा सिफारीस गर्ने र त्यहाबाट स्वीकृत भए नाईके र चौकीदार हुन पाउने ब्यबस्था रहेको बताउनुभयो । कार्यक्रममा कारागार कार्यालय तुलसीपुरका कैदीबन्दी बिच भएको बिभिन्न १२ बिधाका बिजयी ब्यक्ति तथा समूहलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरीएको थियो । कार्यक्रमको सहजीकरण कैदीबन्दी माधव घिमिरेले गर्नुभएको थियो ।
पीडित संघका अध्यक्ष महतराले दशै,तिहार,क्रिष्मस डे,माघे सक्रान्ति र हरितालिका तिजमा भने महिलाहरुलाई खस्सी लगायतका कोशीले उपलब्ध गराउदै आउनुभएको छ । यसपटकको दशैमा नयाँ बृन्दी गृहका ३ सय जना कैदीबन्दीका लागि खस्सी निशुल्क उपलब्ध गराएको पीडित सेवा संघका अध्यक्ष महराले जानकारी दिनुभयो । अव तिहारमा पुरानो बन्दीगृहमा रहेका १ सय ५० जना पुरुष,३० महिला र एक जना बालक(आश्रीत) सहित एक सय ८१ जनाका लागि खस्सी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।  
 

प्रतिकृया दिनुहोस