अवको समय शान्ति र सम्बृद्धिका लागि

मुलुकमा शान्ति र सम्बृद्धिका लागि सबै एक भएर लाग्नु पर्ने अबस्था आई पुगेको तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । 
मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको २२ औ साधारण सभा तथा संक्रमणकालिन न्यायको तार्किक निष्कर्ष बिषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले राजनीतिक अधिकारको लडाईमा सफलता हासील भई सकेको अबस्थामा अव शान्ति र सम्बृद्धिमा जुट्नु पर्ने बताउनुभयो । यो अबसर जनप्रतिनिधिहरुले प्राप्त गरेकाले ३ वटै तहका जनप्रतिनिधिहरुले नागरिकको अपेक्षा र आबश्यकतालाई पहिचान गरि बिकास र सम्बृद्धिमा लाग्नुपर्ने बताउनभयो । सरकार पक्षको मात्र दायीत्व नभई प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्न सके चाँडै मुलुकमा बिकासले फड्को मार्ने आशा ब्यक्त गर्नुभयो । 
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले सत्य निरुपण मेलमिलाप र बेपत्ता सम्बन्धि यी दुई आयोगले राजनीतिक हस्तेक्षपबाट मुक्त भई पीडितले न्याय र पीडिकलाई कारर्बाही गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका खुसीराम चौधरी,नेपाली काग्रेसका सुरेन्द्र खड्का र साझा पार्टीका बिनोद न्यौपाने,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य साबीत्रा गुरुङले संक्रमणकालिन अबस्थाबाट निकास निकाल्न चुनौति भएपनि ईमान्दारीता पूर्बक लागेमा गर्न सकिने बताउनुभयो । 
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रबहादुर डम्वरपाल, शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,उच्च अदालत बार एशोसियसनका पूर्ब अध्यक्ष बिष्णुमणि धिताल,शान्ति समाजका केन्द्रीय सुशासन समितिका संयोजक निर्मल नेपाली,लेखापढी कानुन ब्यबसायी तुलसीपुरका अध्यक्ष हरलाल पौड्ेल,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष ललीतजंग शाह,सरसफाई अभियान्ता बिमल रिजाल,ऐन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकी,रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देवबहादुर केसी, सामुदायीक प्रहरीका बसन्त खड्की लगायतले शान्ति समाजको साधारण सभाको शुभकामना र संक्रमणकालिन न्यायको तार्किक निष्कर्षका बारेमा चर्चा गर्नुभएको थियो । 
शाखा सभापति शरद रेग्मीको सभापतित्वमा भएको साधारण सभामा सहसचिब उषा गौतमले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष अमृतप्रसाद शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उपसभापति तुलसीराम सुनारको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सहसचिब उषा गौतमले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस