शिक्षा निमावली प्रति निजी बिद्यालयको असन्तुष्टि

सरकारले ल्याउन लागेको शिक्षा निमावली बिरुद्ध संस्थागत बिद्यालयहरुले असन्तुष्टि जनाएका छन । निमावलीमा योगदानमा आधारिक सामाजिक सुरक्षा सम्बन्धि बन्दै गरेको कानुन, संस्थागत बिद्यालय गैर मुनाफा बनाईने लगायत ब्यबस्था बनाउन लागिएकोले असन्तुटि जनाउनुपरेको उनीहरुले बताएका छन् । निमावली बिरुद्ध ७७ जिल्लामा सरोकारवाला पक्ष सँग अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएको एन प्याब्सनले दाङको तुलसीपुरमा सुद्धढ र स्वायत्त निजी बिद्यालय सम्बृद्धिको आधार सरकारी बिद्यालयको सवलिकरणको आबश्यक पूर्वाधार बिषयक शैक्षिक बहस सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय सभासदस्य कोमल वलीले शैक्षिक निमावलीलाई संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सञ्चालन भई रहेका बिद्यालयलाई तालाबन्दी गरि सरकारलाई तालाचाबि बुझाउनु पर्ने अबस्था आउन नदिने उहाले आश्वासन दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे संघिय शिक्षा निमावलीले स्थानिय सरकारसँग द्धन्द बढाएको बताउनुभयो । उहाले भन्नुभयो पाठ्यक्रम र शिक्षक संघको मातहतमा राख्ने ब्यबस्था गलत हो । नगरप्रमुख पाण्डेले भन्नुभयो,सामुदायिक बिद्यालयलाई मर्ज गर्न शुरु गरेको जानकारी दिर्दै निजि बिद्यालयलाई पनि मर्ज गर्नुपर्ने अबस्था सृजना भएको बताउनुभयो । पूर्ब प्राथमिक बिद्यालयदेखि पिएचडी सम्म अध्ययन गरिरहेका बिद्यार्थीको संख्या तुलसीपुर उपमहानगरपालिका भित्रका झण्डै ६० हजार जना रहेको जानकारी दिनुभयो । त्यस्तै ८०देखि ८४ वटा बिद्यालयहरु सञ्चालनमा रहेकोमा घटाएर ४०देखि ४५ वटा सम्म सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाले निजामति, जनप्रतिनिधि, शिक्षकका छोरा छोरी संस्थागत अर्थात बोडिङमा अध्ययन गर्न नपाउने ब्यबस्थालाई कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले निजी क्षेत्रबाट राज्यलाई भई रहेको योगदानको अवमूल्यन गर्न नहुने बताउनुभयो । हाल सञ्चालन भई रहेका सामूदायिक बिद्यालयलाई सवलिकरणमा सरकार अपेक्षाकृत रुपमा सफल हुन नसकेको अबस्थामा संस्थागत बिद्यालयलाई नियमनका नाममा नियन्त्रण गर्ने नहुने बताउनुभयो । कार्यक्रममा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगी,तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर डाँगी,नेकपा तुलसीपुर नगरकमिटिका अध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य प्रकाशकुमार शर्मा, प्याब्सन दाङका उपाध्यक्ष मधुसुदन केसी,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले शिक्षा निमावलीका बारेमा आ आफ्ना भनाई राख्नुभएको थियो । त्यसअवसरमा उपाध्यक्ष भोजराज न्यौपानेले धन्यबाद र सहजीकरण सचिब ठाकुर डाँगीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस