बजार अनुगमनमा सक्रियता

तुलसीपुर बजारमा दैनिक उपभोग्य बस्तुको अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्व मात्रै नभएर अव हरेक समयमा अनुगमन गरिने तुलसीपुर उपमहाँनगरपालिका उपभोक्ताहित संरक्षण शाखाकी प्रमुख रेवा रावतले वताउनुभयो । बजारमा राखिएका फलफूलमा केही दिन अघि अनुगमन गर्दा केही त्रुटि फेला पारेको अनुगमन समितिले आज शुक्रवार तुलसिपुर बजारको ङ लाईनमा रहेका दुध तथा डेरी उद्योग,खाद्य उद्योग,तेलमिल र रानी जरुवामा रहेको एउटा होटेलमा अनुगमन गरेको छ । 
अनुगमनका क्रममा अधिकांश व्यवसायीले व्यवसाय सञ्चालनका लागि मापदण्ड पुरा नगरेको पाईएको छ भने केहीमा म्याद नाघेका वस्तुहरु खुल्ला रुपमा प्रर्योग भएको पाईएको थियो । व्यवसायीले व्यवसाय नविकरण नगरेको नापतौल,मुल्यसुचि ,खाद्यवस्तुमा मिठाईमा वढी रंग प्रर्योग भएको पाईएको भन्दै एक पटकका लागी सचेत गराएको छ । यसैविच अनुगमनका सरसफाई देखी लिएर हरेक कुरामा लाप्रवाही गरेको पाईएकोले यो पटक सचेत गराईएको र फेरी पनी अटेरी गरेमा कार्वाहि गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख विवेक वञ्जाराले वताउनुभयो । अनुगमन टोलीले व्यवसाय सुधारका लागी ३ दिन देखी १ महिना सम्मको समय दिएको छ । टोलीले ङ लाईनस्थित गणेश पाउराटी उद्योग, रिजाल तेलमिल,भण्डारी खाद्य उद्योग,आरभण्डारी व्रदर्स तेलमिल,श्याम सुन्दर टेडर्स,विरगंञ्ज मिठाई तथा दालमोट सेन्टरमा अनुगमन गरेको हो । अनुगमनमा उपभोक्ताहित संरक्षण शाखाकी प्रमुख रेवा रावत,ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका केन्द्रिय उपाध्यक्ष केशव कुमार शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख विवेक वञ्जारा,ईलाका प्रहरी कार्यालयका तुलसिपुरका चन्द्रलाल विक,तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, पत्रकारहरु सुरेस श्रेष्ठ, सर्मिला डिसी सहभागि हुनुहुन्थ्यो ।
 

प्रतिकृया दिनुहोस