झरी परेसँगै आँखामा बढ्दो सक्रमण

राप्ती आखाँ अस्पताल तुलसीपुरमा आखाँका विरामीहरुको बढेको छन । बर्षायाममा पानी तथा अन्य कारणले आखाँमा रोग सक्रमण बढि हुने आखाँका विरामी दिन प्रति दिन बढ्दै गएको राप्ती आँखा अस्पताल रक्षाचौरले जनाएको छ ।  दैनिक जसो  ६÷७ सय विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालकी प्रमुख निर्देशक डा.सुलक्ष्मी कटुवालले बताउनुभयो । अन्य समयमा भन्दा अहिलेको समयमा दाङ जिल्ला लगाएत अन्य छिमेकी जिल्लाका विरामीहरु धेरै आउने गरेको उहाको भनाई छ  । यो सिजन भनेको आखाँ पाक्ने सिजन भएकाले पनि विरामीहरु दैनिक जसो बढ्दै गएको उहाले बताउनुभयो । विशेष गरी आइतवार र सोमवारको दिन अझ धेरै विरामीहरु आउने गरेको छन् ।  
बर्षायाममा पानी दषित हुन्छ, पानी हिलो आखाँमा परे संक्रमण हुने भन्दै उनले यो समयमा विशेष  ध्यान दिनु पर्ने समेत बताउनुभयो ।  त्यसैगरी  आखाँ पाक्ने रोग सरुवा भएकोले एउटा व्यक्तिबाट अर्काे व्यक्तिमा रोगका जिवाणु छिटो सर्ने गर्दछ । त्यसैले आँखा चिलाउने, विझाउने र कचेडा लाग्ने जस्ता लक्षण देखापरेमा समयमै आँखा अस्पतालमा पुगेर उपचार गराउन र हेलचेक्र्याइ नगर्न चिकित्सकले सुझाव दिएका छन् । त्यसैगरी  आखाँमा समस्या भएपछि उपचार गर्न आएका  जिल्ला समन्वय समिती दाङका प्रमुख  जितेन्द्रमान नेपालीले विरामीहरु धेरै भएका कारण घन्टौ लाइन बस्नु परेको बताउनुभयो । उहाले विरामीहरु चाप धेरै भएता पनि अस्पतालले सेवा राम्रो प्रदान गर्ने गरेको समेत बताउनुभयो । 
राप्ती आखाँ अस्पातल र बहादुरगंज  आखाँ स्वास्थ्य कार्यक्रम अन्र्तगत सन् २०१८ मा दाङ लगाएत अन्य जिल्लामा गरिएको स्वास्थ्य कार्यक्रममा २ लाख ८२ हजार ५३९ जनाले सेवा अस्पतालले जनाएको छ । त्यसैगरी १३ हजार ६६१ जनाको मोतिविन्दुको अप्रेशन भएको र अन्य सामान्य अप्रेशन २ हजार ५६८ जनाको भएको अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेले बताउनुभयो । त्यसैगरी राप्ती आखाँ अस्पतालवाट सन् २०१८ मा ७९ हजार ९२९ जनाले सेवा लिएकामा मोतिविन्दुको १ हजार ८५३ जनाको अप्रेशन भएको उहाले बताउनुभयो । त्यसैगरी सन् २०१७ मा ७६ हजार ९२९  जनाले  सेवा लिएका र १ हजार ९८७ जनाको मोतिविन्दुको अप्रेशन भएको अधिकृत पौडेलले बताउनुभयो । 
सन् १९८६ मा स्थापना भएको राप्ती आखाँ अस्पातल लगाएत घोराही आखाँ सेन्टर, लमही अस्पताल, सल्यान,रुकुम, रोल्पा आखाँ सेन्टर, कोइलाबास आखाँ क्लिनिक,  कपिलबस्तुमा बहादुरगंज लगाएतवाट सन् २०१८ सम्म २५ लाख ४७ हजार १८७ जनालाई सेवा प्रदान गरेको उहाले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस