साउन २७ गते प्रदेश ५ मा सार्वजनिक बिदा

प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन भोली सोमबार सार्वजनिक विदा दिने भएको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ । यसवाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस