सुशासन प्रर्बदनमा सरकार कम्जोर ः काग्रेस

सरकारले सुशासन प्रबर्दन गर्न नसकेको आरोप लगाएको नेपाली काग्रेसले आज आईतबार तुलसीपुरमा प्रर्दशन गरेको छ । प्रत्येक ब्यक्तिलाई प्यान नम्वर लिनुपर्ने ब्यबस्था गर्नु,रासायानिक मलको उपलब्धता नहुनु,शान्ति सुरक्षा कायम गर्न नसक्नु,भ्रष्टाचार मौलाउनुुले सरकारले सुशासन प्रबर्दन गर्न कम्जोर भएको काग्रेसको आरोप छ । नेपाली काग्रेस तुलसीपुर नगरकमिटिको आयोजनमा गरीएको प्रर्दशनले बजारका बिभिन्न टोलको परिक्रममा पछि तुलसीपुर उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।  उपप्रमुख माया आचार्यलाई बिभिन्न माग सहितको १२ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाएपछि बिपी चौकमा कोण सभाको गरीएको थियो । नगरकमिटिका कार्यबाहक सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कोण सभामा पूर्ब सांसद गेहन्द्र गिरी,काग्रेस नेताहरु खीमप्रसाद खराल,शंकर गिरी,केशव आचार्य र नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्तीले भ्रष्टाचार नियन्त्रण गर्न,किसानलाई समयमै मल बिउ उपलब्ध गराउन,प्यान नम्वर लिने तत्कालको ब्यबस्था खारेज गर्न,महङगी नियन्त्रण गर्न र सुशासन प्रर्बदन गर्न माग गर्नुभएको थियो ।
कोण सभा कार्यक्रमको सहजिकरण नेपाल तरुण दलका सचिब ध्रुब आचार्यले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस