९ बर्ष पुगि सक्दा पनि सञ्चारउद्यमी हेमराजका हत्यारा पत्ता लागेन्

२०६७ साउन ७ गते हत्या गरीएका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को स्मृतिमा साउन ६ गते कार्यक्रम गरीदैछ । देवीप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानको आयोजनमा साउन ६ गते बिहान ११ बजे तुलसीपुरमा अन्तरक्रियात्मक कार्यक्रम गरी उहाको हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गर्न दवाव दिईने प्रतिष्ठानका अध्यक्ष हरीप्रसाद रजौरीयाले जानकारी दिनुभयो । ९ औ स्मृतिमा जनप्रतिनिधि,राजनीतिककर्मी, सुरक्षा निकायका प्रमुख, अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागितामा अन्तरक्रिया गरीने अध्यक्ष रजौरीयाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बिभिन्न क्षेत्रबाट समुदायमा महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरीने सचिब महेन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाको स्मृतिमा बिभिन्न कार्यक्रम गर्न प्रतिष्ठान समेत गठन गरीएको छ । प्रतिष्ठानले बर्षेनी दवावमूलक र अन्य सृजनशील कार्यक्रम गर्दै आएको छ ।
९ बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले उहालाई गोलि हानी हत्या गरेको थियो । 
हेमराज रेडियो तुलसीपुरको तत्कालीन अध्यक्ष,राप्ती सार्वजनकि यातायात समिति,लायन्स क्लव,राजनीतिककर्मी लगायत बिभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाको हत्या भएको ९ बर्ष पुगि सक्दा सम्म पनि प्रहरीले अनुसन्धान जारि राखेको बताउदै आएको छ । तर परिवार,आम नागरिक र आफ्न्तले भने हाल सम्म घटनामा संलग्न ब्यक्तिको पहिचान हुन नसक्दा यस घटनालाई शंका र चासोका साथ हेरी राखेका छन् । 
 

प्रतिकृया दिनुहोस