मावि तुलसीपुर सेन्टरमा अक्षयकोष स्थापना

माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरमा घनगंगा उमेश स्मृति पुरुस्कार स्थापना गरिएको छ । उक्त बिद्यालयका संस्थापक सदस्य,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ रजौराका नारायणप्रसाद रजौरेले १ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । छात्रछात्रालाई प्रोत्साहित गर्ने उदेश्यले मावि सेन्टरमा कक्षा ११ मा सर्वोत्कृष्ट अंक हासील गरी प्रथम हुने एकजना बिद्यार्थीलाई पुरुस्कृत गरिने बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले जानकारी दिनुभयो । 
अक्षयकोष स्थापनाका लागि दाता रजौरे र बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेल बिच आज सोमबार सम्झौता भएको छ । बिद्यालयको नामको बैंक खातामा एक लाख रुपैया दाता रजौरेले जम्मा गर्नुभएको बिद्यालयका शिक्षक डिल्लीराज रेग्मीले जानकारी दिनुभयो । बैकमा जम्मा गरिएको रकमको ब्याजले प्रत्येक बर्ष सर्वोत्कृष्ट हुने बिद्यार्थीलाई पुरुस्कृत गरिने छ । 

प्रतिकृया दिनुहोस