नगरविकास समितिको अध्यक्षमा मेयर पाण्डे

शहरी विकास मन्त्रालयले गरेको ब्यबस्था अनुसार स्थानिय तहका प्रमुख नगरविकास समितिको अध्यक्ष हुने ब्यबस्था अनुसार तुलसीपुर नगर विकास समितिको अध्यक्षमा घनश्याम पाण्डे नियुक्त हुनुभएको छ । शहरी विकास मन्त्रालयको सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत २०७५ बैशाख १२ गतेको सचिब स्तरिय निर्णय अनुसार स्थानीय निकायलाई सञ्चालनको जिम्मा दिने भन्ने परिपत्र गरेको थियो । सोही ब्यबस्था अनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे अध्यक्षमा नियुक्त हुनुभएको हो । उहाले आज मंगलबार नगर विकास समितिको अध्यक्ष पदभार ग्रहण गर्नुभएको हो ।समितिका अध्यक्ष यज्ञबहादुर केसीले नगरप्रमुख पाण्डेलाई उक्त पद हस्तान्तरण गर्नुभएको छ ।२३ साल देखि सञ्चालनमा आएको तुलसीपुर नगरको विकास गरिने नव नियुक्त अध्यक्ष एबम नगरप्रमुख पाण्डेले बताउनुभयो ।कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी,सघन शहरी तथा भबन निर्माण आयोजना दाङका प्रमुख परिक्षित कडैया,तुलसिपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु,पुर्व सदस्य सचिब टिकाराम पोख्रेल लगायले शुभकामना ब्यक्त गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण कार्यालय प्रमुख लिलाबाबु सिवाकोटीले गर्नुभएको थियोे ।

प्रतिकृया दिनुहोस