लाइसेन्स का लागि अनलाइन फारम

तुलसीपुर ११ पुष/

सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन फारम भर्ने सुविधा भोलि सोमवार वाट सुरु हुँदैछ । तर, अहिले यो सेवा दुई पांग्रे सवारीका लागि मात्र हुनेछ ।

यातायात व्यवस्था विभागले निकालेको सूचना अनुसार दुईपांग्रे (मोटरसाइकल र स्कुटर)का लागि मात्र अनलाइन दरखास्त दिन सकिनेछ । साथै एक दिनमा ५ सयले मात्र आवेदन दिन सक्ने व्यवस्था पनी मिलाइएको छ । जबकी विभागले पाँच समूहको लाइसेन्स दिन्छ । ख, ग, घ र ङ वर्गको सवारीका लागि लाइसेन्स लिन चाहनेले भने अनलाइन फारम भर्न सक्ने छैनन् । ‘ख’ वर्गमा कार, जीप र डेलिभरी भ्यान पर्छ भने ‘ग’मा टेम्पो र अटोरिक्सा, ‘घ’मा पावर टिलर र ‘ङ’मा ट्याक्टर पर्छ ।

साथै अनलाइन फारम भर्नेहरुले बाग्मती अञ्चल कार्यालय एकान्त कुनामा मात्र दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस