विश्वका सबैभन्दा मोटा व्यक्ति बस्ने ५ देश

संसारमा यस्ता धेरै देश छन्, जहाँका व्यक्ति निकै मोटा छन्। विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार संसारमा करिब १ अर्ब ६० करोड मोटापनाको शिकार छन्। 

यसमा पनि ५ वटा देश यस्ता छन्, जहाँ अत्याधिक मात्रामा मोटो व्यक्ति बसोबास गर्ने गर्छन्। 

१. सर्वाधिक मोटो व्यक्ति बस्ने देशमा पहिलो नम्बरमा नाउरु गणराज्य पर्छ। यहाँका ९४ दशमलव ५ प्रतिशत मानिस मोटोपनाको शिकार छन्। यो हुनुको कारण यहाँका व्यक्तिहरू अत्याधिक चिनी र मोटोपना बढ्ने खाना खान्छन्।

२. दोस्रो नम्बरमा अमेरिका पर्छ। अमेरिकाको मिसिसिप्पी, वेस्ट भर्जिनिया र अर्कान्ससका ३३ प्रतिशत व्यक्ति मोटोपनाको शिकार छन्। अन्य २२ राज्यमा ३० प्रतिशत व्यक्तिमा मोटोपना भेटिन्छ। अमेरिकाको ४५ राज्यमा २५ प्रतिशत मानिसहरू मोटोपनाको शिकार छन्। 

३. तेस्रो नम्बरमा भेनेजुएला पर्छ। यहाँ ६७ दशमलव ५ प्रतिशत व्यक्ति मोटोपनाको शिकार छन्। यसमा २० वर्षदेखि माथिका व्यक्तिमा अत्याधिक मोटोपना छ। पोषणयुक्त खानाको कमिका कारण यहाँका व्यक्तिमा मोटोपना देखिएको स्वास्थ्य संगठनले बताएको छ। 

४.चौथो नम्बरमा बहराइन पर्छ। यहाँका ६६ प्रतिशत व्यक्ति मोटोपनाको शिकार छन्। यहाँका व्यक्तिहरू दिनमा २ हजार ८ सय ८९ क्यालोरी खाने गर्छन्। 

५. पाँचौ नम्बरमा बेलिज पर्छ। यो देशका ३४ प्रतिशत व्यक्तिमा मोटोपना छ। यहाँको सरकारले मोटोपनाबाट छुटकारा पाउन भर्खरै एउटा घोषणा गरेको छ, जसअनुसार यहाँको व्यक्तिलाई नुन र चिनी सेवन गर्न मनाही गरिएको छ। यस्तै, मोटोपना आउने खानालाई पनि प्रतिबन्ध गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस