बुह संस्कृतीले समाजलाई जोडेको छ ः मूख्य न्यायाधिस सुबेदी

उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नहकुल सुबेदीले संस्कृतिको संरक्षणमा चुनौती देखा पर्दै गएको बताउनुभएको छ । संस्कृति पहिचान सग जोडिएको छ,तर जातजाति,समुदाय,भुगौल,क्षेत्र लगायतमा आ आफ्नै संस्कृति हुन्छ उहाले भन्नुभयो । ब्रह्माकुमारी राजयोग ईश्वरीय बिश्वबिद्यालयले आज शुक्रबार तुलसीपुरमा आयोजना गरेको ब्रह्मापीताको स्मृतीमा आयोजीत ५० औ कार्यक्रममा उहाले भन्नुभयो, संस्कृतीसग पहिचान जोडिएको हुन्छ । त्यसैले जुन दिन संस्कृति हराउछ,पहिचानको पनि करिव करिव अन्त्य हुन्छ । उहाले भन्नुभयो,मानिसको सकारात्मक सोचले नै सृजनशीलता हुन्छ । सृजनशीलताले बिश्व परिवर्तन गर्न सकिन्छ,मूख्य न्यायधिस सुबेदीले बताउनुभयो । राजयोगिनी गिताको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दाङलाई स्वर्ग भूमि बनाउने आफ्नो कल्पना रहेको बताउनुभयो । उहाले भन्नुभयो,सबैको साथ र सहयोग भयो भने दाङ एक पटक आउनै पर्ने जिल्लाको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा स्वागत मन्तब्य अनीता र सहजिकरण शिबलालले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस