दाङका दुई कारगारको अनुगमन

दाङ जिल्लाका दुई वटा कारगारको अबस्थाका बारेमा अधिकारकर्मीहरुले अनुगमन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले कारागार शाखा तुलसीपुर र कारगार शाखा घोराहीको अनुगमन गरेका हो । शान्ति समाज केन्द्रिय कार्यक्रम अन्तर्गत देशका  बिभिन्न शाखाहरुले कारागार शाखाको अनुगमन गर्न शुरु गरेका छन् । केन्द्रिय कार्यालयमा प्राप्त अनुगमन प्रतिबेदनहरुको सुक्ष्म अध्ययन पछि  आबश्यक प्रक्रिया अगाडी बढाईने महासचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।
कारगारमा कैदी र बन्दी जिवन बिताई रहेका ब्यक्तिहरुले पाउनु पर्ने सुबिधा, उनीहरुको अबस्थाका बारेमा अनुगमन गरिएको शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले जानकारी दिनुभयो । अनुगमनका क्रममा कारागारको क्षमता,कारागारको भवनको अबस्था,बालबालिका बन्दी संख्या,आश्रीत बालवालिका,मानसीक रोगी बन्दी तथा कैदि,सुद्ध पिउने पानी,भान्सा, शौचालय र स्नान गृह, औषधोपचार, पत्रपत्रिका÷पुस्तकालयको स्थिति,खेलकुद सामाग्री,टिभी लगायत मनोरञ्जनका सामाग्री, कारगार भित्र सञ्चालित आय मुलक कार्यक्रमहरु, कारागारमा शैक्षिक सुबिधा, बन्दीहरुलाई आफन्त÷ शुभचिन्तक÷ कानुन ब्यबसायीहरुसग भेट गर्ने ब्यबस्था,कैदी बन्दीलाई यातना लगायतका बिषयमा अनुगमन गरिएको बस्नेतले बताउनुभयो । त्यसक्रममा तुलसीपुर कारागार शाखा अन्तर्गत २०७४ मा नँया भवन निर्माण पछि २ सय ४२ जनालाई राखिएको छ भने उक्त भवनको क्षमता २ सय जना रहकेो निमित्त जेलर जोखिम ओलीले बताउनुभयो । त्यसमा ७ जना बिदेशी नागरिक भनि छन् । पुरानो भवन २०३६ सलामा निर्माण गरिएको र उक्त भवनमा १ सय ३७ जना पुरुष र महिला २७ तथा ५ जना आश्रित वालवालिकाहरु छन् । उक्त भवनको क्षमता भने एक सय जना रहेको कारागार शाखा तुलसीपुरले जनाएको छ । कारागार भित्र राष्ट्रिय,स्थानिय पत्रपत्रिका,पुस्तकालय,टेलिभीजन प्रत्येक कोठामा,भलिवल,क्यारमवोर्ड,टुवुल टेनिस,फुटवल,लुडो लायतका मनोरञ्जनका समाग्री पनि रहेको कैदी बन्दीहरुले बताएका छन् । त्यस्तै आयआर्जनका लागि मुडा,ढाका टोपी,पर्स,सिरक डसना,सिलाई कटाई गलैचा बनाउने गरिएको कारागार प्रशासनले जनाएको छ । एचए तहको कर्मचारीलाई खटाएपछि स्वास्थ्य उपचारका लागि निकै सजिलो भएको कैदी बन्दीहरुले बताएका छन् तर महिला कैदी बन्दीहरुले भने केही महिलाका समस्या पुरुष चिकित्सकलाई भन्न नसकिने भएकाले महिला स्वास्थ्यकर्मीको माग गरेका छन् । पिउने पानि,स्नान र शौचालयको समेत प्रबन्ध भएको तुलसीपुर कारागार शाखाका कैदी बन्दीहरुले बताएका छन् । तर घोराहीमा भने ५ गुणा बढी कैदी राखिएकाले अब्यबस्थीत रहेको शान्ति समाजको अनुगमनका क्रममा देखिएको छ । ५० जनाको क्षमता भएको कारागारमा २ सय ७४ जना कैदीहरु राखिएको छ । महिला कैदी बन्दी र वालआश्रीत भने उक्त कारागारमा छैनन् । कारगारमा पिउने पानि,पुस्तकालय,सौचालय,स्नान घरको समस्या देखिएको शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभयो । अनुगमनमा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत नेतृत्वमा पूर्ब केन्द्रिय उपसभापति एबम  अधिबक्ता मोहन प्रसाद धिताल, दाङ शाखाका संस्थापक सभापति एबम बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली, शान्ति समाज दाङ शाखा सभापति शरद रेग्मी, उपभापति तुलसीराम सुनार, सुचिब निर्मला डाँगी, कोषाध्यक्ष अमृत प्रसाद शर्मा,सदस्य कमल डाँगी,सम्झना डाँगी लगायत पत्रकारहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस