वालविवाह न्यूनिकरण चुनौतिपूर्ण अबस्था छ ः मेयर पाण्डे

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले वालविवाह न्यूनिकरण चुनौतिपूर्ण भएको बताउनुभएको छ । एन प्याब्सन दाङले आज शुक्रबारदेखि शुरु गरेको दुई दिवसीय बृहत खेलकुद प्रतियोगीताको उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेले सानै उमेरमा प्रेम गर्ने र बिहेको अन्तीम निर्णय गर्दा वालविवाहलाई न्यूनिकरण गर्न चुनौति भई रहेको बताउनुभयो । बिहेवारी बिस वर्ष पारि भन्ने शब्दलाई भुल्न नहुने उहाले जोड दिनुभयो । पढाईलाई मुख्य लक्ष्य बनाएर अन्य बिषयलाई बिद्यालय उमेरमा प्राथमिकतामा नराख्न उहाले आग्रह पनि गर्नुभएको छ । खेलुकद प्रसङलाई जोड दिनुहुदै मेयर पाण्डेले दाङलाई खेलकुदको केन्द्र बनाई जिल्लाको पहिचान बनाउन सबै जुट्नु पर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, एन प्याब्सनका केन्द्रिय सदस्यहरु प्रकासकुमार शर्मा र प्रेम नेपाली,रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष बिमल गौतम र सजिकरण सचिब ठाकुर डिसीले गर्नुभएको थियो । प्रतियोगीतमा जिल्लाका २० वटा बिद्यालयले भाग लिएका छन् । 
जसमा नृत्य,फुटसल,गणीत दौड,एक सय र दुई सय मिटर छात्र छात्रा दौड प्रतियोगिता हुने छन् । नृत्य प्रतियोगितामा उत्कृष्ठ बिद्यालयलाई नगद पुरुस्कार र प्रमाण पत्र बितरण गरिने छ । भने अन्य प्रतियोगिताका बिजयी बिद्यालयलाई ट्रफि,मेडल,प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगीता भोली शनिवार समापन गरिने एन प्याब्सन दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस