चलचित्र ‘समर लभ’को आज एक कार्यक्रमका बीच चलचित्र पत्रकार संघ दाङ शाखाले गर्यो पत्रकार सम्मेलन

राजन के.सी. तुलसीपुर माघ ३ बिहिबार चलचित्र पत्रकार संघ नेपाल  दाङ शाखाले आज बिहीबार तुलसीपुरमा एक कार्यक्रमका चलचित्र समर लभ का विभिन्न कलाकार संग पत्रकार सम्मेलन गरेको छ सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको चलचित्र समर लभ’को दर्षकहरु प्रतिक्षामा रहेको कार्यकारी निर्मता बिनोद अधिकारीले बताएका छन l

पत्रकार सम्मेलनमा ‘सुमर लभ’ को ट्रेलर सार्बजनीक भएसंगै दर्षकहरुले उक्त चलचित्र हेर्ने तिब्र चाहाना ब्यक्त गरेको बताइएको छ माघ २५ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शन मिति तोकिएको सुविन भट्टराईकै कथा रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमिल्सिनाको पटकथा छ भने चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।

नाइटिङ्गल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत, कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन तथा अर्जुन जीसीको सम्पादन छ । 

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष धुब्रराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका सचिब सन्तोष केसीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस