डाक्टर केसीसग भएको सहमति कार्यान्वयन गर्न शान्ति समाजको ध्यानाकर्षण

सत्याग्रही डाक्टर गोबिन्द केसी सग बिगतमा भएका सहमति कार्यान्वयनको आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रमा सुधारको माग सहित पटक पटक अनसन बसिक्नुभएका र वर्तमान सरकारले उक्त मागहरु स्वीकार गरी, सहमति विपरित चिकित्सा शिक्षा बिधेक पारित भएको भन्दै शान्ति समाज दाङ शाखाले प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानार्कषण पत्र बुझाएको  दाङ शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभयो । पुस २५ गतेदेखि १६ औ पटक ईलाममा सत्याग्रहमा बस्नुभएका डाक्टर केसीसगको सहमति बिपरित चिकित्सा शिक्षा बिधेक पारीत हुनु र उहाको सत्याग्रहको अबस्थामा स्वास्थ्य पनि कम्जोर बन्दै गएकोमा शान्ति समाज चिन्तीत भएको ध्यानकार्षण पत्रमा उल्लेख गरिएको छ । विगतमा डाक्टर केसीसग भएको सहमति  अक्षरस कार्यान्वयन गरी त्यही बिषमया फेरी सत्याग्रह र अन्दोलन गर्नुपर्ने परिस्थीति उत्पन्न हुन नदिन शान्ति समाजले प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । साथै वाईड वडी जहाज खरिद प्रकरणमा ब्यापक भ्रष्टाचार र अनियतिता भएको तथ्य प्रकासमा आएको सन्र्दभमा संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले संसदीय समितिम नै पटक पटक झुठ बोलकेको प्रमाणित भई सकेको अबस्थामा उहालाई बर्खास्त गर्न समेत आग्रह गरिएको छ । वाईड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार र अनियमिततामा संलग्न मूख्य पात्रहरुलाई कारबाही सुनिश्चीत गर्न समेत उक्त ज्ञापन पत्र मार्फत  प्रधानमन्त्रीको ध्यानकार्षण गराईएको केन्द्रिय महासचिव  सुशील बस्नेतले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकार रिजाललाई केन्द्रिय महासचिव बस्नेत,शाखा सभापति शरद रेग्मी,पूर्ब केन्द्रिय सदस्य निर्मल नेपाली,शाखाका उपभासभापति तुलसीराम सुनार, सचिव निर्मला डिसी, कोषाध्यक्ष अमृतप्रसाद शर्मा, सदस्य कमल डाँगीले उक्त ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रिजालले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज बिहीबार पठाईदिने प्रतिबद्धता जनाउनुभएको सचिब निर्मला डाँगीले जानकारी दिनुभयो । 

यसैबिच मानव अधिकार तथा शान्ति समाजले कारागारको अनुगमन गरेको छ । केन्द्रिय महासचिव सुशील बस्नेतको नेतृत्वमा आज बिहीबार घोराही स्थीत जिल्ला कारगारको अनुगमन गरेको शाखा सभापति शरद रेग्मीले जानकारी दिनुभयो । भोली शुक्रबार कारगार शाखा तुलसीपुरको अनुगमन गर्ने छ । शान्ति समाजले कैदिहरुको लागि राज्यले गरेको ब्यबस्था,हालको अबस्था आदीको बारेमा देशभरका बिभिन्न कारागारको अनुगमन गदैछ ।
 

प्रतिकृया दिनुहोस