झण्डै साँडे ४ लाख बराबरको धनमाल तुलसीपुरमा चोरी

नेपाली सेनाका पूर्ब कर्मचारीको तुलसीपुर स्थीत घरमा लाखौ रुपैया बराबरको चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ शिखरकोलनी –बिष्णु चलचित्र) नजिकैको नेपाली सेनाका पूर्ब कर्मचारी चुडामणी वलीको घरबाट गयराति चोरी भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मनिकापुरको घरबारीमा तारजाली लगाउन ३० क्वीन्टलको लागि तुलसीपुर स्थीत घरमा राखिएको २ लाख रुपैया,चुडामणीकी श्रीमति पार्वती वलीको ८ आनाको औठ्ठी,डेढ तोलाको सिक्री खाटको ¥यागबाट चोरी भएको  चुडामणीका पीता ज्ञानबहादुर वलीले बताउनुभयो । माईतघरमा आएकी कान्छी छोरी बेलमती वलीको २ तोलाको सिक्री र ३ आनाको औठि पनि चोरी भएको ज्ञानबहादुरले बताउनुभयो । नन्द भाउजुको गरि ४ तोलाका गरगहना चोरी भएका छन् । भने नगद २ लाख गरि कुल ४ लाख ४४ हजार बरबरको धनमाल चोरी भएको छ । नाति र दुई जना नातीनि तुलसीपुरमा अध्ययनका लागि बस्दै आएकोमा माघे सक्रान्ती मनाउन गाँउको घरमा गएको बखत मंगलबार राती कोही नभएको मौका छोपी चोरी भएको उहाले बताउनुभयो । भैरहवाबाट खेतवारी बेर्नका लागि मगाइएको ताराजालीको लागि तिर्नुपर्ने पैसा तुलसीपुर स्थीत घरमा छोडिएको,बुहारी पार्वती र छोरी बेलमतीले बाह्कुने दहमा मेला हेर्न जादा हराउन सक्ने भन्दै ति गरगहना घरमा छोडि गएका उहाले बताउनुभयो । तर आज बुधबार बिहान उक्त घरको मुल गेटमा ताला लगाईएको,घरको ढोका भने खुल्लै देखेका स्थानियबासीले वली परिवारलाई जानकारी गराएका थिए । चोरी भएको आशंकाका साथ तुलसीपुर आईपुगेका ज्ञानबहादुर,बुहारी पार्वती र छोरी बेलमतिले आफुहरुले राखेको रुपैया,गरगहना चोरी भएको बताउनुभएको छ । प्रहरीले भने आबश्यक अनुसन्धान भई रहेको जनाएको छ । चुडामणी भने बिगतदेखि नेपाली सेनाको जागिर छोडि बैदेशिक रोजगारमा हुनुहुन्छ । द्धन्दपीडित ज्ञानबहादुरका बाँकी २ जना छोरा नेपाली सेनामा कार्यरत हुनुहुन्छ । 
 

प्रतिकृया दिनुहोस