८ बँुदे माग राख्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले ८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तलव खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुने लगायतका ८ बुँदे माग राखेका छन । प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणी विहिन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिनुभयो । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरुले आज मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।कर्मचारी संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गरी माघ २ गते बुधबार प्रतिष्ठानमा तालाबन्दी, ३ गते इमर्जेन्सी, प्रसुतीबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ । त्यस्तै आफ्ना माग पुरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ७ दर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् । अस्पतालका कर्मचारीहरुलाई गत साउनदेखि तलव पाएका छैनन् । साथै विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिल सामान, ल्याव र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस