एवियू रेडियो गायन स्पर्धामा नेपालवाट रेडियो तुलसीपुरको प्रतिनिधित्व, छनौटमा परिन् नव गायिका बिजु पण्डित

तुलसीपुर, १९ जेठ । केन्द्रिय एशियाली देश काजख्स्तानमा आगामी जुलाईमा १० मा हुन गैरहेको एवियू रेडियो संग फेस्टीभलमा नेपालको तर्फवाट विजु पण्डित छनौट हुनुभएको छ ।

गायन क्षेत्रमा एशियाका नवप्रवेशी गायकहरुका लागि आह्वान गरिएको प्रस्तावमा  रेडियो तुलसीपुरको तर्फवाट सिफारिस गरिएकि पण्डित छनौटमा पर्नुभएको हो । पण्डित लगाएत छिमेकि भारतवाट सिद्धार्थ वलमन्यू र अकासलीना अमिर तथा अफगानीस्थान, टर्कि, जोर्डन लगाएत देशका कलाकारहरु छनौट भएका छन् । भूगोल तथा क्षमताका आधारमा छनौटमा परेका १० गायक गायिकाहरुले आगामी जुलाई ११ मा काजख्स्तानको राजधानी अस्तानामा आफ्नो प्रस्तुती दिनेछन् । 

नेपालको तर्फवाट प्रतिनीधित्व गर्ने नव गायिक विजु पण्डितका गोर्खाली चेली लगाएत गितहरु लोकप्रिय छन् । रेडियो तुलसीपुरले यसअघिपनि सन् २०१६ मा नेपालको तर्फवाट गायिका सुमन गुरुंगलाई प्रतिनिधित्व गराएको थियो । 

एशियाली वोर्डकास्टींग यूनियन एवियूको असोसिएट सदस्यका रुपमा रेडियो तुलसीपुरले सन् २०१४ वाट प्रवेस गरेको हो । मलेसियाको क्वालालाम्पुरमा मुख्यालय भएको एवियू एशियाली सञ्चार क्षेत्रमा शक्तिसाली संस्था हो । 

रेडियो तुलसीपुरको सिफारिसमा वुधवार एवियूको रेडियो कमीटिको छनौटमा परेकि गायिका विजु पण्डितलाई रेडियोले हार्दीक वधाइ दिदै उत्कृष्ट प्रस्तुतीका लागि शुभकामना दिएको छ । 

प्रतिकृया दिनुहोस