बिद्युत सर्ट हुदा ३ सय कुखुरा जलेर नष्ट

बिद्युत लाईन सर्ट हुदा लमही नगरपालिका वडा नम्वर २ सोनपुरको कुखुरा फार्ममा आगलागी भएको छ । आगलागीबाट ३ सय चल्ला जलेका छन् ।प्रेम चौधरीले संचालन गरेको उक्त कुखुरा फाममा ५ सय वटा  कुखुराको चल्ला मध्ये ३०० वटा चल्ला जलिनष्ट भएको र अन्य २ सय वटा चल्लालाई अस्थाई प्रहरी पोष्ट नर्तीवाट खटिएको प्रहरी टोलि र स्थानियले उद्धार गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट झण्डै ८० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस