दाङ र रोल्पामा भएका तीन छुट्टाछुट्टै घटनामा परि ३ जनाको ज्यान गयो

दाङ र रोल्पामा गरि ३ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ । दाङमा मोटरसाईकल सवार २ जना गम्भीर घाईते भएका छन् । लमहीको टिकुलिगडबाट आज मंगलवार विहान ११ बजे अर्जुनखोला साहुको घरमा गाडि छाड्न भनी जादै गरेको लु १ च ८०४१ नम्बरको बोलेरो जिपले ७ वर्षिय हेमन्त मल्ललाई ठक्कर दिएको थियो । लमही प्रहरीले चालक र जिपलाई नियन्त्रणमा लिएको जनाएको छ । यता तुलसीपुरबाट घोराही तर्फजादै गरेको रा ४ प १८९२ नंम्वरको मोटरसाइकललाई बिपरित दिशा बाट आईरहेको बा १९ च १६३ नंम्वरको कारले प्रसेनीमा बिहान ११ बजेतिर ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भएका छन् ।मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँका ३९ मनिराम चौधरी र ४० बर्षिया श्रीमति गिता चौधरी गम्भीर घाईते हुनुभएको हो ।घाईते दुवैजनालाई प्रारम्भीक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।उता रोल्पा लिबाङबाट मिरुल टुटुका लागि छुटेको जिप परिवर्तन गाउँपालिका–१ कुरेली, चौकाबाङमा दुर्घटना हुदा परिवर्तन गाउँपालिका–१ का १९ वर्षका सन्जु पुन र ६ महिने बालिकाको घटना स्थलमा मृत्युभएको छ ।लु १ ज ३३३२ नम्वरको जिपमा झन्डै २० जना यात्रु सवार रहेका जिल्ल प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघामा पु¥याइएको छ । जिप उकालोमा चढ्न नसक्दा ब्याक भई सडकबाट तल तिर दुर्घटना भएको थियो । 
 

प्रतिकृया दिनुहोस