खङग्रानाकाको बाटो स्वर्गद्धारी र रिहार आउने तीर्थयात्रुको संख्या लाखौं

प्युठानको स्वर्गद्धारी र दाङको रिहारमा भारतीय तीर्थ यात्रूहरु आउने क्रम अत्याधिक रहेको छ । भारतिय र्सिसीयाँ बजार र सीमावर्ती क्षेत्रबाट  दर्शन गर्न झण्डै एक लाख बढी धार्मिक स्थल स्वर्गद्धारी र रिहारमा आउने गरेका बताएको छ । कृष्णनगर,कोईलाबास र रुपैडियाको बाटो लामो र खर्चीलो हुने भएकाले एकदिन हिड्ेर राजपुर गाँउपालिका आउन गरेका छन् । बलारामपुर जिल्लाका ती तीर्थ यात्रुहरु भारतको सहलवा बन्यजन्तु आरक्षको बाटो हुदै नेपालको सीमावर्ती क्षेत्र दाङको खङग्रवा नाका आउने गरेको उनीहरुले बताएका छन् । र्सिसीयाँबाट दाङको राजपुरगाँउपालिका मतेनीखोला सम्म हिडे्र तीर्थ यात्रामा आईपुगेकी ८० बर्षिया कलावती यादवले भन्नुभयो । यसपटक गरि ६ पटक पुग्ने यादवले बताउनुभयो । बिगतमा हिडे्रै स्वर्गद्धारी पुग्ने गरेको उहाले बताउनुभयो । श्रीमान्सग पटक पटक आउने गरेकी बताएकी कलावलीले भन्नुभयो, यसपटक छोरालाई साथमा लिएर आएकी छु । मतेनीखोला किनारामा आराम गरेका भारतीय तिर्थयात्रुहरुका माझमा बसेका छोरालाई देखाउदै छोरा उ त्यही हो । छोरा बिछियाराम यादवले भन्नुभयो,स्वर्गद्धारी र रिहार पबित्र धार्मिक स्थल हो । र्सिसीयाँ क्षेत्रमा यी धार्मिक स्थलको ठुलो आस्था छ,भारतीय नागरिक बर्षेनी आउने गरेका छन् । झण्डै ५० किलोमिटर भन्दा टाढाको दुरीबाट स्वर्गद्धारी प्रभूको दर्शनका लागि आउने गरेको तीर्थ यात्रु करीया यादवले बताउनुभयो । बर्षमा एक पटक यो समयमा आउन आतुर लाग्छ,मेरो पनि ६ पटक भयो,करीयाले भन्नुभयो । स्थानीय पत्रकार महेश रिजालले तुलसीपुर, गोण्डा, सराबस्ती, र्सिसीँया, बलरामपुरबाट खङग्रवा हुदै जङग्रवा सम्म आउने गरेको बताउनुभयो । यसपटक देखि जङग्रवाबाट यातायात समितिले यातायात सेवा शुरु गरेकोले धार्मिक तीर्थयात्रुलाई सजिलो भएको पत्रकार रिजालले   भन्नुभयो । राजपुरको जङग्रहवामा खटिएका राप्ती यातायात ब्यबसायि समितिका कर्मचारी महेन्द्र शाहीले दैनिक २ हजारदेखि २५ सय सम्म भारतीय तीर्थ यात्रु आउने गरेको बताउनुभयो । जंगलबाटो हुदै आउदा थाकेका हुन्छन्,उनीहरु मध्ये प्युठानको स्वर्गद्धारी र दाङको रिहार जाने समूहलाई आरामदायी सेवा प्रदान गरिएको बताउनुभयो । गतमा त्यस्ता तीर्थयात्रुहरुमाथि लुटपाट लगायतका अपाराधिक घटना हुने र बाटोमै बिरामी परेका तीर्थयात्रुहरुको मृत्यु हुने गरेको समेत खबर प्राप्त हुने गरेका थिए । 

प्रतिकृया दिनुहोस