दाङका स्थानिय तह ३ भागमा वर्गिकरण

सरकारले गरेको स्थानिय तहको वर्गिकरण सुचिको प्रस्तावमा दाङका १० वटा स्थानीय तह  ३ भागमा परेका छन् । दुई स्थानिय तह घ वर्ग र ६ वटा स्थानिय तह ग बर्गमा र २ वटा ख वर्गिमा वर्गिकरणको प्रस्तावमा पारिएको छ ।
मुलुकभरका ७ सय ५३ वटालाई बर्गिकरण गरि सार्वजनिक गरिएको छ । सुगम अर्थात घ बर्गमा तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका छन् ।
सुगमलाई घ,मध्यमलाई ग, दुर्गमलाई ख,अति नै दुर्गमलाई क वर्गमा वर्गिकरण गरिएको छ ।
दंगीशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, बबई गाउपालिका, राप्ती गाउपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकालाई ग वर्गमा बर्गिकरणमा पारिएको छ । बंगलाचुली गाँउपालिका र राजपुर गाउँपालिकालाई दुर्गम अर्थात ख वर्गमा राखीएको छ ।
राज्य पुनसंरचना पछि पहिलो पटक स्थानिय तहलाई ४ भागमा बर्गिकरण गरीएको हो । जस अन्तर्गत जम्मा ७ सय ५३ स्थानीय तह मध्ये क १ सय ६२ वटा ,ख २ सय १८ ,ग २ सय ७५ र घ वर्गमा ९८ वटा स्थानीय तह परेका छन ।

प्रतिकृया दिनुहोस