बंङगलाचुलीमा घरेलु हिंसाका घटना धेरै दर्ता भएको न्यायिक समितिको भनाइ

पौष १९ , तुलसीपुर / दाङको बङ्गलाचुली गाउँपालीकाको न्यायीक समितीमा हालसम्म दर्ता भएका ३४ वटा उजूरी मध्ये सवै भन्दा धेरै घरेलु हिंसाका घटना दर्ता भएका छन् । 
जसमा १५ मुद्धा घरेलु हिंसाका दर्ता भएका गाउँपालीकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक यमुना थापामगरले जानकारी दिनुभयो । उहाका अनुसार गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी दर्ता भएका हुन ।
ती मध्ये असार मसान्तसम्म २३ मुद्दा मिलापत्र भएको र एउटालाई न्यायिक निरुपणका लागि जिल्ला अदालतमा पठाइएको छ । 
त्यसैगरी यस आर्थिक वर्षको हालसम्म परेका १० मुद्दामध्ये सातको मिलापत्र र एउटालाई न्यायिक निरुपणलाई अदालतमा पठाइएको छ । 
दुई वटा मुद्दा प्रक्रियामा रहेका छन् । 
जग्गा विवाद, बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका मुद्धा रहेका न्यायिक समितिले जनाएको छ । 
गाउँपालिका विकट पहाडी क्षेत्रमा रहेकोले सुचिकृत मेलमिलाप कर्ता सो क्षेत्रमा नहुँदा चार घण्टाको पैदल हिडेर वडा नं ८ बाट मेलमिलाप कर्तालाई बोलाउनु पर्ने वाध्यता रहेको उपाध्यक्ष थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस