८५ प्रतिशत सवारी दुर्घटना ५ नम्बर प्रदेश प्रहरीको भनाइ

    पौष, १२ तुलसीपुर  /  करिब ८५ प्रतिशत सवारी दुर्घटना मानवीय कमजोरीका कारण भएको ५ नम्वर प्रदेश प्रहरीले जनएको छ ।
 ५ नम्बर प्रदेशको सवारी दुर्घटना तथ्यांक विश्लेषण गर्दा  मानवीय कम्जोरीले ८५ प्रतिसत सवारी दुर्घटना हुने गरेको सार्वजनीक गरेको छ । मानवीय कम्जोरीलाई न्युनिकरण

गर्न सके दुर्घटनामा समेत न्युनिकरण हुने ५ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रबक्ता पुष्पराज मल्लले जानकारी दिनुभयो ।
             त्यसका लागि प्रहरीले सडकमै चालकको स्वास्थ्य परिक्षण शुरु गरेको छ । प्रहरीले सञ्चालन गरेको शिविरमा १ सय ३५ जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
चालकको रक्तचाप र आँखाको परिक्षण गरिएका प्रबक्ता मल्लले बताउनुभयो ।
सडक दुर्घटना न्युनिकरणका लागि चालकको स्वास्थ्य परिक्षणका लागि सञ्चालन गरिएको शिबिरको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले अनुगमन शुरु गर्नुभएको छ ।

यसैबिच प्रदेश नं. ५ मा चालु आर्थिक बर्षको पुस महिनाको पहिलो हप्ता सम्ममा १२ सय ६६ वटा सवारी दुर्घटना भएका छन । दुर्घटनामा २ सय ९० जनाको मृत्यु भएको छ भने २३ सय २५ जना घाइते भएको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।
प्रदेश ५ का १२ जिल्ला मध्ये सबै भन्दा रुपन्देहीमा ३ सय ८६ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै दोस्रोमा दाङ रहेको छ ।
दाङमा एकसय ८९ वटा र तेस्रोमा परेको बर्दियामा १ सय ७४ वटा दुर्घटना भएका छन् । सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाईकल, त्यसपछि बस ,ट्रक , टिप्पर, जिप ट्याक्टर , अटो रिक्सा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस