बालमैत्री स्थानीय सरकारका लागी बालबालिकाको अर्थ पुर्ण सहभागिता


मानब अधिकार तथा शान्ति समाजले बाल अधिकार सम्बन्धि अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।राष्ट्रिय बाल दिबसको अवसरमा आज भर्चुल मार्फत अन्र्तरकृयात्मक सम्पन्न गरेको हो ।
अन्र्तरकृयात्मक कार्यक्रममा सहभागीहरुले बाल अधिकार सुश्नितताका लागी चुनौती,समाधान र अबसर सम्बन्धि भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा बाल सहभागीता बिना बनाईएका ऐन,कानुन,कार्यबिधी कार्यन्वयन गराउनको लागी सम्बन्धी सरोकारवाल पक्षको अनिबार्य सहभागीता हुनु पर्नेमा जोड दिएका छन् । 
जिल्ला बाल संजाल सचिब इसा वलीले बालमैत्री स्थानीय घोषणा भए तर सुचकहरु कार्यन्वयन हुन नसकेको भन्दै गुणासो गर्नु भयो ।
मानबअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब शुसील बस्नेतले बाल अधिकार सँम्बन्धि बनेका अँन्र्तराष्ट्रिय तथा राष्ट्रिय घोषणा पत्र,ऐन कानुनलाई सहि ढंगले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा तुलुसीपुर उपमहानगरको माहिला बालबालीका तथा जेष्ठ नागरीक शाखाका माया श्रेष्ठले स्थानीय सरकारले बनाएका ऐन ,कानुन ,कार्यबिधी ,निर्देशिकालाई सम्बन्धित सरोकारवाल पक्षलाई राखी छलफल लागी तयारी रहेको बताउनुभयो ।
महिला अधिकार्मी शुष्मा गिरी,अधिकारकर्मी निर्मल नेपाली,पत्रकार गोपाल शर्मा भट्टराई, एनप्याव्सनका अध्यक्ष बिमल गौतम, नबीन पोखरल,उसा गौतम,कमल डागीँ लगायतले बाल अधिकार सुनिश्चीततका लागी सबै पक्षबाट पहल गर्नु पर्ने सुझाव दिनु भयो ।
शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति तुलसीराम सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस