४४ जना थपिदा दाङमा ९१९ जना कोरोना पोजेटिभ

दाङमा थप ४४ जनामा कोरोना संक्रमण देखिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिनुभयो।

उहाका अनुसार अन्य चार जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वास परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । यसअघि नारायणपुर क्षेत्रमा संक्रमितहरु देखिएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङका आधारमा स्वाव संकलन गरि परिक्षण गर्दा अन्य व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस