पीसिआर टेष्टको मूल्यमा भारी कटौति

सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

                         बितेको २४ घण्टामा दाङमा १ जना मात्र संक्रमित

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेको छ । गएको २४ घण्टामा दाङमा थप १ जना गरि बिभिन्न जिल्लाका १ हजार ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
बाईट
बितेको २४ घण्टामा प्रदेश ५ अन्तर्गत दाङमा १ जना,कपिलबस्तुमा ४, गुल्मीमा १, नवलपरासीमा ८, पाल्पामा १, प्युठानमा २, बर्दियामा ६१ , बाँकेमा १७,रुपन्देहीमा ३१ जना गरि १२६ जना नयाँ संक्रमित थपिएका छन् । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३८ हजार ६ सय ९७  पुगेको छ ।  
अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
            
                             अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दिपप्रज्वलन
सरकारले आउँदो असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ ।
विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताउनुभयो ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उहाँले बताउनुभयो ।
महानिर्देशक पोखरेलले त्यही समयमा कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकोहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गर्ने बताउनुभयो ।
यस वर्षको विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथामिकता भन्ने विषयमा मनाउन लागिएको र ’स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबै बोलौँ’ भन्ने नाराका साथ मनाउन लागिएको उहाँले बताउनुभयो ।
निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस