साबर्जनिक सवारीका साधन चल्ने गरि दाङमा निषेधाज्ञा

कोरोना सक्रमनको उच्च जोखिममा रहेको  दाङमा निषेधाज्ञालाई भोली सोमबार देखि थप खुकुलो बन्ने भएको छ । गत भाद्र २१ गतेदेखी बिहान ५ बजेदेखि मध्यान्ह १२ बजे सम्म खुल्ला र मध्याह्न १२ बजेदेखी कडारुपमा लागू गरिएको निषेधाज्ञा लाई सोमबारदेखि थप खुकुलो बनाईने कोरोना सकट ब्यबस्थापन समितिले आज आईतवार निर्णय गरेको हो । भोलि सोमबार बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् ।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोरबिजोरका आधारमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेस चन्ले जानकारी दिनुभयो ।
सामाजिक दुरी र सजगता अपनाउदै लकडाउन खुकुलो बनाउने निर्णय भएको छ ।’
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको हो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस