पैसामा धर्मलाई परिवर्तन गर्ने प्रचलनले नेपालको अस्तित्व धरापमा पर्न सक्छ: शाह

 नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आफ्नो संस्कृति माथी निरन्तर अतिक्रमण हुनु र अरुको धर्म संस्कृतिको अनुसरण हुनुले नेपालीको जनमत विदेशीको हातमा पुग्ने बताउनु भएको छ।

शुक्रबार आफ्नो सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै शाहले पैसामा धर्म सँस्कृतीलाई परिवर्तन गर्ने प्रचलनले आगामी दिनमा नेपालको अस्तित्व समेत धरापमा पर्न सक्ने भन्दै प्रलोभन देखाएर धर्म ,सँस्कृती परिवर्तन गराउनेहरुलाई सरकारले तत्काल कार्वाही गर्नु पर्ने आसय ब्यक्त गर्नु भयो।

एसिया प्यासिफिक जस्ता समिटमा सरकार आफै सह आयोजक बन्न खोज्नुले पनि सरकार केही रुपैया डलरमा धर्म,सँस्कृतिको लिलाम गर्न लागेको शाहको आरोप छ शाहले आगामी दिनमा धर्म प्रचारलाई सरकारले अझै प्रोत्साहन गरे धार्मिक र सम्प्रदायिक द्वन्द हुन सक्ने भन्दै सरकारले एता तिर पनि बेलैमा सोच जरुरी रहेको बताउनु भएको छ।

प्रतिकृया दिनुहोस