नेकपा भित्रको गुटगत झगडा नौटंकी मात्र हो : गिरी

नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम पुर्बसिचाई मन्त्री दिपक गिरीले नेकपा भित्रको शक्ति सघर्षलाई नौटंकिको संज्ञा दिनुभएको छ । रिपोटर्स क्लव नेपाल दाङले बुधबार आज तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा असार १३ गतेदेखिको नेकपाका २ अध्यक्ष  बिचको बिबादलाई नेपाली जनताले राम्रो सग बुझ्दै गईरहेको बताउनुभयो । कहिले भैसेपाटी, कहिले खुमलटार, कहिले बालुवाटार बार्ता भैइ रहेका छन । सर्वहारा बर्गको कुरा गर्ने नेकपाका नेताहरु सुन काण्ड, बालुवाटार जग्गा काण्ड , ओमनि भ्रष्टाचार, कोरोनो भाईरसले बिश्व भर त्रास फैलाईरहदा त्यसको स्वास्थ   सुरक्षा सामाग्री खरिदमा समेत भ्रष्टाचार भएको नेपाली जगत जानकार भएको बताउनु भयो । संघीयता ,लोकतन्त्र, शान्ती र बिकाश दिने भन्दै नेकपाले जनतालाई झुक्याएको नेता गिरीले बताउनु भयो । उहाँले टाढाको कुरा गर्नु नपर्ने भन्दै लाखे नाच र सारङी बाजा बजाउदै कयौंपटक मन्त्री , मुख्य मन्त्री , सभामुख लगायत नेकपाका नेतालाई स्वागत गराउन टरिगाउ एर्पोट लगेको स्मरण गराउनु भयो । खोइ त्यो प्रतिबद्धता पूरा गरेको उहाँले भन्नुभयो , दङाली जनताले नेकपाको दुई तिहाई बहुमतको सरकारले ल्याएको बजेट देख्नु भएकै छ । राष्ट्रपति बिद्यादेबि भण्डारीले नेकपाका नेताहरुलाई सल्लाहकारको भुमिका निर्बाह गरिरहेको भन्दै पुर्बमन्त्री गिरीले असन्तुष्टि पोख्नु भयो । राष्ट्र्पतिको कोरा के गर्ने सबैलाई थाहै छ । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा कुन पदमा मनोनयन दिने भने बारेमा अहिले बोली नहाल्ने केन्द्रिय सदस्य गिरीले बताउनुभयो । साउन महिनाभर प्रदेश ५ का जिल्लाका नेता कार्यकर्ताहरुसगको भेटघाट गर्छु । सह महामन्त्रीमा मनोनयन दर्ता गर्ने अबस्था पनि आउन सक्छ । केन्द्रिय सदस्यमा मनोनयन दर्ता गर्नुपर्ने पनि हुन सक्छ, उहाँले भन्नुभयो,तर मेरो उम्मेदवारीको घोषणा तिहार पछि नै हुन्छ ।नेपाली काग्रेसले संसदमा प्रतीपक्षको भुमिका प्रभाकारी हुन नसकेको भन्ने गुनासोको उहाँले प्रतीक्षा गर्नुभयो । नेपाली काग्रेस शान्तिपुर्ण शैलीमा संसदमा प्रतीक्षको भुमिका निर्बाह गरेको छ । तोडफोड,आगजनी,त्रास काग्रेसले गर्दैन नेता गिरीले भन्नुभयो । सोही अवसरमा प्रदेश ५ का नवनिर्बाचित प्रदेश सभासदस्य शंकर गिरीले कोरोना कहरले मुलुक थिलोथोलो भएका बखत नेकपा भित्रको खिचातानीले नागरिकहरुले प्रभावकारी सेवा पाउन नसकेको बताउनु भयो । जति बेला कोरोना, बाढी, पहिरो, डुवान लगायतका बिपतले मुलुक संकट्मा परेको छ दुई तिहाई बहुमत प्राप्त नेकपा भित्र शक्ति संघर्षले चरम उत्कर्षमा पुगेको बताउनुभयो । नेपाली काग्रेसको तर्फबाट प्रदेश सभा सदस्य भएका बलदेव शर्मा पोख्रेलको निधन भए पछि सो पदमा गिरी प्रदेश सभा सदस्यमा काङ्ग्रेस पार्टीको सिफारिसमा चयन हुनु भएको हो । प्रदेश सभासद्स्य गिरीलाई रिपोर्टस क्लब दाङ्ले सम्मान गरेको थियो । क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस