हेमराज प्रतिष्ठानले १० औ स्मृति कार्यक्रम गर्ने

सञ्चार उद्यमी देवी प्रसाद धिताल हेमराजको १० औं स्मृती कार्यक्रम साउन ६ गते गरिदैछ । धितालको स्मृतीका लागि स्थापना गरिएको देवीप्रसाद धिताल हेमराज प्रतिष्ठानले १० औं स्मृति सभा गर्ने भएको प्रतिष्ठानका महासचिब महेन्द्र लामिछानेले जानकारी दिनुभयो । 
प्रतिष्ठानका जेष्ठ सदस्य लेबेन्द्र धितालको अध्यक्षतामा आज शनिबार तुलसीपुरमा बसेको बैठकले साउन ६ गते माल्यापर्ण र सोही दिन रक्त दान कार्यक्रम गर्ने निर्णय गरिएको लामिछानेले जानकारी दिनुभयो । 
त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.को केन्द्रिय कार्यालय तुलसीपुरको परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा साउन ६ गते बिहान ८ बजे माल्यापर्ण गरिने छ । उहाँको स्मृतिमा सोही स्थान  र समयमा रक्तदान गरिने छ । कोरोन १९ का कारण देशभर लकडाउन लागू भईरहेको परिस्थीतिमा यसअघि हुदै आएका अन्य औपचारिक कार्यक्रम भने यसपटक गरिने छैन । परिस्थीति सामान्य हुदै गएमा बाँकी रहेका अन्य औपचारिक कार्यक्रम पनि सोही अनुरुप गरिने आज शनिबार सम्पन्न प्रतिष्ठानको बैठकले निर्णय गरेको छ ।
२०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर एक समूहले उहालाई गोलि हानि हत्या गरेको थियो । तर हत्या भएको एक दशक पुगि सक्दा पनि कस्ले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । 
उहाँको हत्या भएको केही दिनमा प्रहरीले ९८ प्रतिशत अनुसन्धान पूरा भएको बताएको थियो । तर त्यही बाँकी दुई प्रतिशतमा अनुसन्धान अड्किएको छ । रहस्यम हत्याको अनुसन्धानको प्रतीक्षामा परिवार र आपन्तहरु रहेका छन् ।
राप्ती सञ्चार सेवाद्धारा सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष धिताल तथा  बिभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो ।
 

प्रतिकृया दिनुहोस