टिकटक नृत्य प्रतियोगितामा दाङकी कल्पना उत्कृृष्ठ १० मा

सामाजिक सञ्जालमा निकै लोकप्रिया एप टिक प्रतियोगितामा दाङकी कल्पाना डि.सी.उत्कृष्ठ १० मा पर्नुभएको छ । 
नेपाली टिक टक प्रतियोगीता २०७७ मा कल्पना देशभरमै उत्कृष्ठ १० मा पर्न सफल हुनुभएको छ । साईनीङ स्टार म्यूजिकले आयोजना गरेको प्रतियोगीतमा ६० जनाले भाग लिएका थिए ।
आज शुक्रबार प्रकासीत नतिजामा उत्कृष्ठ १० जनामा काठमाण्डौका गुन्जन थापा, भक्तपुरकी शिवानी थापा,मोरङका रबीन श्रेष्ठ,दाङ तुलसीपुरकी कल्पाना डिसी,रुकुमका गंगा चन्द,मोरङकम प्रियांका मगर,मोरङकै स्वस्तीका तामाङ, रुकुमकी कृष्मा केसी,नेपालगञ्जका जेशिका साह र झापाका डाईमण्ड लिम्वु उत्कृष्ठ १० मा पर्नुभएको हो ।
उत्कृष्ठ १० मा छनौटमा परेका प्रतिस्पर्धीले साउन १५ गतेसम्म कुनैपनि नेपाली गीतमा नृत्य गरेको भीडियो बनाउनुपर्ने छ । 
उत्कृष्ठ हुने प्रतियोगीले नेपाली म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् । साथै प्रमाणपत्र सहित सम्मान गरिने बताएको छ ।
 

प्रतिकृया दिनुहोस