सबै बैकल्पिक शिक्षण सिकाई नीजि बिद्यालयले रोके तर सरकारद्धारा सञ्चालन

नीजि विद्यालय सञ्चालकहरुले साउन १ गते अर्थात् बिहीबारदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गरेका छन् ।
सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर विदालय बन्द गरीएको निजी तथा आवासीइ विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले जानकारी गराएका छन् ।
उनीहरुले शिक्षक–कर्मचारीहरुलाई अर्को व्यवस्था नहुञ्जेलको लागि बेतलबी बिदा दिने भएका छन् ।
अभिभावकसँग शुल्क उठाउन पाउनु पर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको भनेका छन् ।
शिक्षक तथा कर्मचारीको वैशाखदेखि असारसम्मको तलब सुविधा विद्यालय खुलेर अवस्था सहज भएपछि भुक्तानी दिने नीजि बिद्यालयहरुले बताएका छन् । तर सरकारले भने वैकल्पिक शिक्षालाई निरन्तरता दिएको छ । 
यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ । 
त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताउनुभयो । 
उहाँले यी सिकाइ प्रणालीबाट जोसुकैले पनि अध्ययन गर्न सक्ने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस