सोती घटना : बाँकी पाँचजना पुर्पक्षका लागि कारागार चलान

सोती घटनाका ‘फरार’ पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्। रुकुम जिल्ला अदालतले थुनछेक आदेश गर्दै कारगार चलान गर्ने निर्णय गरेको हो। प्रहरी अनुसन्धानका क्रममा फरार रहेका चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए।

पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो। यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ। तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ। तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना  एक लाख  रुपैयाँ धरौटीमा छुटेका थिए। गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम (पश्चिम) चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान गएको थियो। रासस 

प्रतिकृया दिनुहोस