‘क्याप्टेन’ पोस्टरमा हेर्नुहोस् फुटबल खेलाडी अनमोल

अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो  नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ  एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् । 

 

अर्को पोस्टरमा जर्सीसहित देखिएका छन् उनको साथमा अभिनेता द्वय सुनिल थापा र प्रशान्त ताम्राकार पनि फिचर्ड छन्  दुवै पोस्टरमा अनमोललाई एंग्री लुक्समा देख्न सकिन्छ  फागुन १७ गते रिलिज हुने फिल्मको बिहीवार पहिलो गीत सार्वजनिक हुँदैछ यस फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । 

निर्माण टिमले न यसअघि न अहिले, लिड दुई अभिनेत्रीलाई पोस्टरमा स्थान दिएको छैन  फिल्मको थिम अनुसार पोस्टर तयार पारिएका कारण अभिनेत्रीलाई समेट्न नसकिएको निर्देशक भट्टराई बताउँछन्  बिहीवार सार्वजनिक हुने गीतमा भने अनमोलले फिल्मका अभिनेत्रीसँग ठुम्का लगाएका छन् । 

 

गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ  यसमा अनमोल, इशानको भूमिकामा छन्  उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन्  फिल्ममा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । 

 

भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन्  सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।

प्रतिकृया दिनुहोस