स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा बन्द

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सबै सेवा दुई दिनका लागि बन्द गरिएको छ। स्वाब परिक्षणका क्रममा प्रतिष्ठानमा कार्यरत दुई महिला र दुई पुरुष गरी चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आज सबै सेवा बन्द गरिएको प्रतिष्ठानले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजेटिभ देखिएको हो । २४ र २५ बर्षिया महिला र ३९ र ४२ बर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ। आइतबारसम्म अस्पतालले दिने सबै प्रकारका सेवा बन्द गरिएको हो। स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएकाहरुको खोजी गर्न थालिएको छ।

प्रतिकृया दिनुहोस