दाङमा थप ५६ जनामा कोरोना पुष्टि

दाङमा थप ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो । 
बगंलाचुली गाउँपालिका ६ को एउटै स्वारेन्टानमा रहेका ४४ जना, अन्य तुल्सिपुर उपमहानगर पालिक १ र घोराही उपमहानगरपालिकाका रहेका छन् । यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १ सय ५२ जना कोरोना संक्रमित भेटिएका छन् । दाङमा हालसम्म सबैभन्दा बढी सक्रंमित बङ्गलाचुली गाउँपालिकामा भेटिएका छन् । 
दाङमा ३ हजार ५ सय ९८ जनाको पिसिआर टेष्टको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा प्रतिक्षामा छन् ।
तुलसीपुरका ५ सय ७,राजपुरको १ सय ७७, राप्ती गाँउपालिकाको १ सय ६२,शान्तिनगर गाँउपालिकाका २,घोराही उपमहानगरपालिकाका १४ सय १जना,बँगलाचुलीका ४ हजार ७८ जना, गढवाका ३ सय ४०, बबईगाँउपालिका ४ सय ४३ जना, लमही नगरपालिकाका ६५ जना, दंगीशरण गाँउपालिकाका २३ जना गरि कुल ३ हजार ५ सय ९८ जनाको स्वाव परिक्षण प्रतिरक्षामा रहेका स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस