देउखुरीमा आइसोलेशन सेन्टर : शुरक्षा जिम्मा नेपाली सेनालाई

दाङको मौरीघाटमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा कोरोना संक्रमित बिरामीलाई भर्ना गरेर उपचार थालिएको छ। चार ओटा स्थानीय तहको संयुक्त लगानी तथा नेपाली सेनाको शुरक्षामा रहेको राप्ती प्राविधिक शिक्षालयमा एक सय वेडको आइसोलेशन सेन्टर स्थापना गरिएपछि कोरोना संक्रमितको उपचारमा सहजता आएको छ।
शुक्रवार राप्ती गाउँपालिका वडा नं १ , ३ र ४ नं। वडाका ६ जना कोरोना संक्रमित ५ जना पुरुष तथा एक जना महिला आइसोलेशन सेन्टरमा भर्ना गरेर उपचार थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए।उपचारको लागि भर्ना गरिएका सबै संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। आइसोलेशनको अभावमा ६ जना संक्रमित नव प्रतिभा क्वारेन्टिन र सिरीचौर क्वारेन्टिनमा बस्दै आएका थिए।

शुक्रबारबाट आइसोलेशनमा बिरामी भर्ना गरेर उपचार थालिएपछि क्वारेन्टिनमा बसेका संक्रमितलाई आइसोलेशनमा भर्ना गर्न थालिएको हो । स्वास्थ्य उपचार गर्न राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारी दिइएको छ। चरणबद्ध रुपमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिनेछ । पहिलो चरणमा राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मी उपचारमा खटिएका हुन्। आइसोलेशनको सुरक्षाको जिम्मा भने नेपाली सेनाले लिएको छ।

प्रतिकृया दिनुहोस