सोती घटनाका बिरुद्ध दलित समुदाय सडकमै

रुकुम पश्चिम सोतीमा जेठ १० गते भएको सामूहीक हत्याको बिरोधका कार्यक्रम दाङमा जारि छन् । 
दलीत समूदायका ४ र दुई जना गैर दलित समूदायको सामुहीक हत्या भएको थियो । उपल्लो जात (ठकुरी) छोरी सँग प्रेम गरेका दलीत समुदायका नवराज बिक र उहाँका ५ जना साथिलाई हत्या गरेको बिरोधमा दलीत नागरिक समाज दाङले बिरोधका कार्यक्रम गर्दै आएको हो । 
समाजले बुधबार प्लेकार्ड सहित तुलसीपुरमा बिरोध प्रर्दशन गरेको छ । त्रिशिद्धेश्वरी मन्दीर परिसरबाट शुरु भएको ¥यालीले तुलसीपुरका मूख्य बजारको परिक्रममा गरेको थियो । 
बि.पि.चौकमा पुगेको बिरोध ¥याली कोणसभामा परिणत भएको हो । समाजका संयोजक छवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा दलीत अधिकारकर्मी निर्मल नेपालीले दलीत समुदायका युवा र गैर दलित युवाहरुको जेठ १० गते भएको नरसंहार पछि भएका बिरोधका कार्यक्रम र भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसक्रममा दलीत अगुवा घनश्याम सेर्पाली,दलित अधिकारकर्मी राधिका परियार,मोहन स्वर्णकार,खेमराज बिश्वकर्मा,सन्तोष परियार लगायतले जातिय बिभेद तथा छुवाछुत अझै पनि समुदायमा कायमै रहेको बताउनुभयो । कानून बनेपनि कार्यान्वयनको पक्षमा ईमान्दारिता नदेखिएको बताउनुभयो ।
बिरोध कार्यक्रममा सहभागिहरुलाई समाजका कोषाध्यक्ष निर्मला गुप्ताले धन्यबाद ज्ञापन र सहजिकरण समाजका सचिब पोषण सेन्चुरीले गर्नुभएको थियो ।
समाजले यसअघि बिरोध प्रदर्शन,१ घण्टा रिले अनसन,राजनीतिक दलहरुको ऐक्वबद्धता तथा बिरोध कार्यक्रम,प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र,जेठ १०गते भएको सोती घटनामा दिवंगत भएका ६ जनाको स्मृतीमा श्रद्धाञ्जली तथा बिरोध कार्यक्रम सम्पन्न भएका थिए । उक्त घटनाका सन्र्दभमा सरकारले सहसचिबको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । तर संसदीय छानविन समितिको माग भएपछि प्रतिनिधि सभाको बैठकले देवेन्द्र पौड्ेल सुनीलको संयोजकत्वमा जेठ २६ गते गठन गरेको छ । 
त्यसबाहेक राष्ट्रिय मानव अधिकार आयोग,ईन्सेक,मानव अधिकार तथा शान्ति समाज लगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले पनि छुट्टा छुटै छानविन समिति गठन गरि काम शुरु गरेका छन् ।
 

प्रतिकृया दिनुहोस