तुलसीपुरमा लकडाउनलाई व्यवस्थित वनाइदै

लक डाउनको समयमा तुलसीपुरमा थप कडाई गरिने भएको छ । बिहीबार सम्पन्न सर्वदलिय एबं सर्वपक्षिय बैठकले लकडाउनलाई थप ब्यबस्थीत गर्ने निर्णय गरेको हो । अनुमति बिना हिड्डुल गर्न समेत रोक लगाउने निर्णय भएको छ । कार्यालय जानै पर्ने कर्मचारीले,सञ्चारकर्मी लगायतले परिचय पत्र अनिर्वाय राख्नुपर्ने छ । तुलसीपुर बजारमा लकडाउन कार्यान्वयन गर्ने र गराउने सन्र्दभमा सोमबार,मंगलबार,बुधबार र शुक्रबार अत्याबश्यकिय बस्तुहरुमा खाद्यान्न,किराना र हार्डवेयरका पसल बिहान ६ बजेदेखि १० बजे सम्म खरिद बिक्रिका लागि खुल्ला गरिने छ । 
आईतबार र बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म फेन्सी लगायतका पसलहरु खोल्ने अनुमति दिने तर खाद्यान्न,किराना र हार्डवेयर पसल भने सो दिन बन्द गर्नुपर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । तर अबस्थालाई मध्ये नजर गर्दै सैलुन,होटल,ब्युटिपालर सञ्चालन हुने छैनन् । लकडाउनलाई ब्यबस्थीत गर्ने सन्र्दभमा बैक तथा बित्तीय संस्थाहरु प्रत्येक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तर बैक तथा बित्तीय संस्थाहरुलाई आबश्यक तयारीका लागि बैक खोल्नुअघि १ घण्टा र बैक बन्द गर्दाका बखतको पछाडी १ घण्टा समय दिने निर्णय भएको हो । 
प्रदेश र संघिय सरकारको निर्णय अनुसार कृषि,भेटनरी र मेडिकललाई भने नियमीत रुपमा सञ्चालन गर्न दिईने छ । तुलसीपुर स्थीत होटल भ्याली भ्यू र एकान्त होटलमा चिकित्सक,स्वास्थ्यकर्मी लाई राख्ने ब्यबस्था गरिएका बाहेक अन्य होटलहरु सञ्चालनमा आउने छैनन् । तर कुनैपनि होटलले पेङिग क्वारेन्टाईन वा अतीथिहरु राख्नका लागि नगरपालिकाको समन्वयमा सञ्चालन गर्न सकिने छन् । 
तुलसीपुर प्रबेशका लागि बेलुकी ७ बजे भित्र प्रबेश गरि सक्नुपर्ने छ अन्यथा दक्षिणमा अमिलिया,पूर्बमा घोराही,उत्तरमा सल्यानको सीमा र पश्चिममा दंङिगशरणको सीमाबर्ती क्षेत्रमा बस्नुपर्ने छ । यस्तै,आगामी असोज र कार्तिक महिना सम्म भारत र तेस्रो मुलकबाट करिव १० हजार जना भित्रन सक्ने भएकाले सोही अनुरुपका क्वारेन्टाईन र आईसोलेसन कक्ष निर्माणलाई तिव्रता दिने निर्णय भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको हलमा २५ बेडको आईसोलेसन र राप्ती लाईफ केयर हस्पीटलमा २५ गरि ५० बेडको आईसोलेसन कक्ष बनाउने तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ । आईसोलेसन कक्ष र क्वारेन्टाईन निर्माणमा नेपाली सेनाले सहयोग गर्नेछ । 
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काग्रेस दाङ सभापति कृत्तिबहादुर खड्का,क्षेत्रीय सभापति जगतबहादुर खड्का,नेकपाका प्रतिनिधि कृष्ण भुषाल,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शुक्रराज भण्डारी,नेकपाका मीनराज भण्डारी,१९ बाहिनीका सेनानी बिकास आचार्य,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह,शसस्त्र बेस क्याम्पका निरिक्षक टेकराज पोख्रेल, जनस्वास्थ्य प्रर्बद्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसी,महिला बालबालिका,तथा सामाजिक बिकास शाखाका प्रमुख बिष्णु आचार्य,राप्ती प्रादेशीक अस्पताल बिकास समितिका अध्यक्ष पद्यमप्रसाद न्यौपाने, तुलसीपुर बैंक तथा बित्तिय संस्थाका प्रतिनिधि सरोज लामिछाने,तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुपबहादुर खत्री र ब्यबसायी ऋषिराज भण्डारीले लकडाउनलाई थप प्रभाबकारी बनाउने बिषयमा सुझाब दिनुभएको   थियो । 
त्यस्तै,नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्य,संबाद समूह प्रदेश ५ का बरिष्ठ सहजकर्ता एबम अधिकारकर्मी सुशील बस्नेत, त्रिशिदेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५का बिरेन्द्र शाह,वडा नम्वर ७ का टोेपबहादुर केसी,वडा नम्वर ९ का घनश्याम ढकाल लगायतले लकडाउनलाई थप ब्यबस्थापन गर्ने सकिने सन्र्दभमा सुझाब दिनुभएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एबम बिपत ब्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले संघिय सरकार,प्रदेश सरकार र जिल्ला तहमा भएका निर्णयका बारेमा जानकारी गराउनुभएको थियो ।
 

प्रतिकृया दिनुहोस