मौलीक देउसी भैलोको स्मृति गराए दाङका पत्रकारहरुले

दिपावलीको अवसरमा मिठासपूर्ण स्वर घन्काउँदै घरघरमा देउसी भैलो आउने गर्छन् । तर सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाच्दै देउसी भौलो खेल्ने समूहको निकै कम भई सकेका छन् । मौलिक देउसी–भैलो हराइ रहदा पत्रकारहरुका दुई छुट्टा छुट्टै भैलोले भने दाङमा त्यसको स्मृती गराएका छन् । क्यासेट प्लेयर घन्काउँदै भैलो खेल्नेको माझमा नेपाल प्रेस युनियन दाङ र क्रियासील पत्रकार दाङले खेलेका छुट्टा छुट्टै भैलोलाई तुलसीपुरमा हेर्नेहरुको संख्या पनि उल्लेख्य छ । यो देउसी भौलोको मौलिकता बचाँउन सकिन्छ कि भनेर यसप्रकारको भैलो खेलिएको पत्रकार गणेश आचार्यले बताउनुभयो । ‘अहिलेको युवा जमात देउसी भैलोमा मौलिकता छाडेर डिस्को नाच्न थालेकोले परम्पराको निरन्तरताका लागि मादल,खैचेरी,बाँसुका साथमा भैलो खेलिएको नेपाल प्रेस युनियनका उपाध्यक्ष नारायण खड्काले बताउनुभयो । देउसीको मौलिकता पूरै हराउन लाग्यो,मादल ठटाउँदै, ‘देउसी र भैलोमा सुनिने सुमधुर स्वरहरू पछिल्ला दिनमा डिस्को, पप र ¥यापमा गुन्जिन थालेकाको प्रति पत्रकार सुशील बस्नेतले चिन्ता ब्यक्त गर्नुभएको   छ । आजभोलि हाइभोल्टेजका साउन्ड सिस्टम लगाएर भैलो खेलिदा, वातवरणमा समेत नराम्रो असर पर्ने उहाले बताउनुभयो । स्थानिय सरकारले ठुलो स्वरमा भैलो खेल्न अनुमति दिएको छैन् तर पनि त्यसको बेवास्तामा साउण्ड सिस्टमबाट बजार प्रतिकुल ध्वनी बजिरहेका छन् । भैलो र देउसी खेले बापत स्वीकार गरेर दिइने हाँसीखुसी दक्षिणा आजभोलि हाकीहाकी माग्न थालिएको छ । ‘देउसी–भैलोमा आशिष दिएर गक्ष अनुसार दान लिनुपर्नेमा जर्वजस्ती गर्ने चलन पनि बढदै गएको छ । स्थानिय प्रशासनले राति १० बजे सम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिएको छ । राति अबेरसम्म गाउ–गाउ डुलेर खेलिने देउसीको चलन विस्तारै कम हुदै गएको छ । झै झगडा गर्ने र हो हल्ला गर्ने समूहहरुलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले राती १० बजेसम्म मात्रै देउसी खेल्न पाइने उर्दी जारी गरेको छ । 
 

प्रतिकृया दिनुहोस